काठमाडौं । झापा, गौरीगंज गाउँपालिका-१ र गौरादह नगरपालिका-९ को बिच भागमा रहेको कमला खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-४ जावलाखेल चोकमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुर, बागमती गाउँपालिका-१ टिकाभैरव घुसेलको छाला वेसीस्थित बागमती खोलाको किनारमा सर्लाही लालबन्दी नगरपालिका-१४ घर भएका ८२ वर्षीय बखत सिंह लो तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, लम्कीचुहा नगरपालिका-४ गिधिनियास्थित सडकमा सोही ठाउँ बस्ने ४२ वर्षीय अबिराम जैशी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, चुरे गाउँपालिका-१ निगाली बस्ने ५२ वर्षीय यज्ञ बहादुर बोहरा सोही गाउँपालिका-१ स्थित तुलिखेत जंगलको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

