काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएकाे छ ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्यूयोर्कमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा उनीहरूले विचार आदानप्रदान गरेका थिए ।
उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिएका थिए ।


