मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा

धारणा न्यूज by धारणा न्यूज
५७ मिनेट अगाडि
Reading Time: 1 min read
0
विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतहरू पदमुक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका छन् ।

बाढी प्रभावित क्षेत्रका विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उद्देश्यले सोमबार आयोजित ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विपद्बाट प्रभावित विद्यार्थीलाई उनीहरूको अवस्था हेरेर विभिन्न तहमा छात्रवृत्ति तथा अध्ययनको व्यवस्था गरिने बताए।

उनका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई तत्काल सहयोग गर्ने मात्र नभई भविष्यमा आउन सक्ने विपद्का कारण शिक्षाबाट वञ्चित हुने बालबालिकाका लागि समेत दीर्घकालीन व्यवस्था गर्न खोजिएको हो।

विपद्को समयमा राज्य एक्लै नरहेको भन्दै मन्त्री पोखरेलले निजी क्षेत्र, विभिन्न संघसंस्था र नागरिकबाट प्राप्त सहयोगले सरकारलाई थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताए ।

उनले भने, ‘पछिल्लो केही दिन हामी सबैजना, सिङ्गो देश नै एउटा शोकको अवस्थामा छ। यस्तो बेलामा विभिन्न संस्था र व्यक्तिहरूले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुभएको छ । त्यो आर्थिक सहयोग मात्र होइन, सरकारप्रति नागरिकहरूले देखाउनुभएको भरोसा र ट्रस्ट पनि हो। यसले हामीलाई अझ धेरै मेहनत गरेर काम गर्न मोटिभेट पनि गर्छ र झक्झकाउँछ पनि।’

मन्त्री पोखरेलले विपद्को समयमा राज्य एक्लो नभएको उल्लेख गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा विभिन्न क्षेत्रबाट भएको सहभागिताले राष्ट्रिय एकताको सन्देश दिएको बताए ।

उनका अनुसार सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीदेखि विभिन्न संघसंस्था र सर्वसाधारणसम्म विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन् ।

मन्त्रीका अनुसार यसपटक बाढीपहिरोबाट प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिने मात्रै नभई विपद्का कारण अभिभावक गुमाएका तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकताका आधारमा अध्ययनको व्यवस्था गरिनेछ ।

दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एकजना अभिभावक गुमाएका विद्यार्थीलाई त्यसपछिको प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य प्रभावित विद्यार्थीलाई सहयोग गर्ने योजना मन्त्रालयको छ ।

मन्त्रालयका अनुसार विद्यार्थीको आवश्यकता र अवस्थाअनुसार फरक–फरक किसिमको सहयोग उपलब्ध गराइनेछ । केही विद्यार्थीलाई आवासीय विद्यालयमा राखेर अध्ययन गराउने, केहीलाई पूर्ण छात्रवृत्ति दिने तथा आवश्यकताअनुसार होस्टेलको व्यवस्था मिलाउने योजना छ ।

स्थानीय क्षेत्रमै बसेर अध्ययन गर्न चाहने विद्यार्थीलाई पनि त्यहीअनुसार सहयोग उपलब्ध गराउने मन्त्री पोखरेलले बताए ।

‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा निजी शिक्षण क्षेत्रका विभिन्न संघसंस्था सहभागी भएका छन् । कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, ओपिन र नेपाल मोन्टेसरी एसोसिएसनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

मन्त्री पोखरेलले यी संस्थाहरूले यसपटकको विपद् प्रभावित विद्यार्थीका लागि मात्रै नभई भविष्यमा आइपर्न सक्ने विपद्, दुर्घटना वा अभिभावक गुमाउने अन्य बालबालिकालाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।

शिक्षामन्त्री पोखरेलले छात्रवृत्ति योजनामा अन्य निजी क्षेत्र तथा संघसंस्थालाई समेत जोडिन आह्वान गरेका छन् । विपद् प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

विपद्का कारण बालबालिका शिक्षाबाट बाहिरिने अवस्था आउन नदिन सरकारी संयन्त्रसँगै निजी विद्यालय तथा विभिन्न सामाजिक संघसंस्थाको सहकार्यलाई निरन्तरता दिने मन्त्रालयको तयारी छ ।

मन्त्री पोखरेलले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा सहभागी संस्थाहरूलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रमा राज्य र समाजबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्ने जनाए।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

दिन भरकाे यस्ताे छ माैसम

२८ मिनेट अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

३२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक