सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘बा: एक योद्धा’ले नेपालञ्जमा भव्य अडियन्स प्रिमियर

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
चलचित्र ‘बा: एक योद्धा’ले नेपालञ्जमा भव्य अडियन्स प्रिमियर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ । प्रायः नेपाली सिनेमा काठमाडौंका दर्शकलाई सुरुमा देखाएर निर्माताले मोफसलका दर्शकमा पुर्‍याउँछन् ।

तर, ‘बाः एक योद्धा’ सुरुमा काठमाडौं बाहिर प्रिमियर भएको छ, त्यो पनि एक ठाउँमा होइन चार ठाउँमा । ‘बाः एक योद्धा’ नेपागञ्ज, दाङ, धरान र बुटवलका दर्शकमाझ प्रिमियर गरिसकिएको छ ।

चारवटा मुख्य सहरका दर्शकमाझ प्रिमियर गरेपछि बल्ल काठमाडौंमा यो चलचित्र प्रिमियर हुने भएको छ । असोज ६ गते ‘बाः एक योद्धा’ काठमाडौंमा प्रिमियर गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

मोफसलबाट उत्साहजनक प्रतिकृया पाएको निर्माणपक्ष अब काठमाडौंका दर्शकको प्रतिकृया लिन आतुर छ ।  “हामीले जसरी नेपागञ्ज, दाङ, धरान र बुटवलका दर्शकबाट सोचेभन्दा पनि राम्रो फिडब्याक पाएका छौँ, त्यस्तै प्रतिकृया काठमाडौंबाट पनि पाउने अपेक्षा गरेका छौँ,” निर्देशक हरि लम्साल भन्छन्, “हाम्रो सिनेमा जस्तो लागेको छ, त्यस्तै प्रतिकृया सामाजिक सञ्जालमा राखिदिन हुन आग्रह पनि गरेका छौँ ।”

प्रिमियरमा चलचित्र हेर्ने अधिकांशले तारिफ गरेको निर्माता वसन्त लम्सालले जानकारी दिए । “दिव्य देवको सिने करियरकै ट्रनिङ पोइन्ट बा: एक योद्धा बन्छ भनेर भन्नु भएको छ,” निर्माता लम्सालले भने, “सुहाना थापाको अहिलेसम्मको फरक र राम्रो चलचित्र भन्नु भएको छ ।”

प्रिमियरमा सिनेमा हेरेर निस्किएकी एक युवतीले भनिन्, “अहिले मेरो बा हुनुहुन्न । तर, यो सिनेमाको बाले जस्तै हामीलाई स्ट्रगल गरेर हुर्काउनु भएको हो । उहाँको सेन्डो सधैँ च्यातिएको हुन्थ्यो । तर, मलाई र मेरो ममीलाई कहिल्यै पुरानो लुगा लगाउन दिनु भएन । यो सिनेमा हेरेर मैले मेरो बालाई मिस गरेँ ।”

सिनेमा हेरेर निस्किएका एक युवकले भने, “बुवाले गरेको संघर्ष नबुझेका सन्तानले एक पटक यो मुभी त हेर्नैपर्छै, देखाउनै पर्छ ।”

“बुबाआमालाई सन्तानले कहिल्यै घात गर्नु हुँदैन भन्ने सन्देश सिनेमामा छ । बुवाले जसरी सिनेमाको सुरुदेखि अन्तिमसम्म दर्दनाक दुःख गर्छ, त्यो कथाले मेरो मन छोयो,” सिनेमा हेरिसकेकपछि एक महिलाले प्रतिक्रिया दिइन् ।

सिनेमामा बाबु र छोरीको कथा मन परेको दर्शकको प्रतिक्रिया दिइरहँदा युवतीहरूले भने, “हो यस्तै बुवा हुनुपर्छ । यस्तो बुवा भयो भने कुनै पनि छोरीले अन्याय भोग्नु पर्दैन ।”

अभिभावकीय जिम्मेवार पूरा गरेको सिनेमा भन्दै सबैले हेर्नुपर्ने सिनेमा भन्दै दर्शकले ‘बा: एक योद्धा हेर्न आग्रह गरेका छन् ।

अडियन्स प्रिमियरमा कलाकार दिव्यदेव, सुहानासँगै अनिल बुढाथोकी र सुप्रज्ञा शर्मा तथा निर्देश हरि लम्साल, निर्माता वसन्त लम्साललगायत उपस्थित थिए । बुधबार दाङमा ‘बा: एक योद्धा’को ग्रान्ड प्रिमियर हुँदै छ ।

असोज ९ गते रिलिज हुने ‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा हो ।

यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा: एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

यो पनि पढ्नुहोस्

संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल ¥याली

संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल ¥याली

१ घण्टा अगाडि
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक