सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अर्थतन्त्र सुस्त तर प्रगतिपथमा भएको अर्थसचिव उपाध्यायको दावी

धारणा न्यूज by धारणा न्यूज
४० मिनेट अगाडि
0
अर्थतन्त्र सुस्त तर प्रगतिपथमा भएको अर्थसचिव उपाध्यायको दावी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपमा बलियो रहेको उनको भनाई छ।
नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरले आयोजना गरेको ‘थिंक ट्यांक सिरिज’ कार्यक्रममा नेपालको आर्थिक अवस्था, लगानीको वातावरण र निजी क्षेत्रका चुनौतीबारे बोल्दै अर्थसचिव उपाध्यायले यस्तो धारणा राखेका हुन्।
उनले नेपालको आर्थिक वृद्धिदर लामो समयदेखि सुस्त रहेको बताए। पछिल्ला २५ देखि ४० वर्षको औषत आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम रहेको र कोभिड–१९ को समयमा आर्थिक वृद्धि ऋणात्मक भएको उनले उल्लेख गरे।
अर्थसचिव उपाध्यायले कमजोर निजी लगानी, घट्दो पूँजीगत खर्च, उच्च व्यापार घाटा र न्यून उत्पादकत्वलाई अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे। स्वदेशी निजी लगानी र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउन लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ छ।
सरकारको पूँजीगत खर्चलाई प्रभावकारी रूपमा परिचालन गर्न सके रोजगारी सिर्जना, आर्थिक वृद्धि र निजी लगानी विस्तारमा सहयोग पुग्ने उनले बताए। नेपालको व्यापारमा करिब ९० प्रतिशत आयात र १० प्रतिशत निर्यात हुने अवस्था रहेको उल्लेख गर्दै उत्पादन तथा निर्यात बढाउनुपर्नेमा उनले जोड दिए।
यद्यपि, नेपालमा रेमिट्यान्स वृद्धि, जलविद्युत् विस्तार, मध्यम मुद्रास्फीति, न्यून ब्याजदर र पर्याप्त तरलताजस्ता सकारात्मक पक्ष रहेको उनले बताए। सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को करिब ४३ प्रतिशत रहेको उल्लेख गर्दै त्यसलाई उत्पादकत्व, औद्योगिकीकरण र पूर्वाधार विकासमा उपयोग गर्नुपर्ने धारणा राखे।
रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके रोजगारी र आर्थिक वृद्धिमा योगदान पुग्ने उनले बताए। सरकारले अघि बढाएको वैकल्पिक विकास वित्त कोषमार्फत सार्वजनिक पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए।
नेपालले जलविद्युत् उत्पादनलाई औद्योगिकीकरणसँग जोड्नुपर्ने र वैदेशिक रोजगारीलाई सीप तथा उच्च आम्दानीमा आधारित बनाउनुपर्ने उनको भनाइ छ।
अर्थसचिव उपाध्यायले नेपालको आर्थिक विकासका लागि सुशासन, लगानीको वातावरण सुधार र प्रभावकारी सार्वजनिक सेवा आवश्यक रहेको बताए। उनका अनुसार देशका आर्थिक सबल पक्षलाई उत्पादन, उत्पादकत्व, रोजगारी र औद्योगिकीकरणमा रूपान्तरण गर्नु अबको मुख्य चुनौती हो।
त्यस्तै नेपाली उद्यमी मञ्चका अध्यक्ष आभुषणज्योति कंशाकारले दुई वर्ग धनी र गरिवलाई मात्र ध्यानमा राखेर नीति बन्ने धारणा राख्दै मध्यम बर्गको समस्याबारे खुलेर बताए । उनले भने ‘अहिले मध्यम वर्गका उद्यमी व्यवसायीहरु धेरै पिडित छन्, जेनजी मोभमेन्ट र भोटेकोशी बाढीले उनीहरुको भएको सवै सम्पत्ति पनि लगेको छ, बीमाले भुक्तानी दिएको छैन भने भएको सम्पत्ति पनि बैंकले धितोको रुपमा राखेको छ थप लगानी गर्न पुँजी छैन ।’ उनले यस्तो अवस्थामा सरकारले मध्यम वर्गका व्यवसायीहरु पुनः व्यवसायमा फर्कने वातावरण बनाउनुपर्ने धारणा राखे ।
त्यस्तै नेपाली उद्यमी मञ्चका ललितपुर च्याप्टरका अध्यक्ष अनुकुल श्रेष्ठले सरकारको पोलीसी र युवा उद्यमीहरुको सरोकार र समस्याकोविचमा ठूलो खाडल रहेकोले यसको परिपुर्तिका लागि थिंकट्यांक सिरिज आवश्यक रहेको बताए ।
उनले यो पहिलो भएको र यसैगरी आगामी दिनमा पनि नीतिगत बहस जारी राख्ने धारणा राखे ।

यो पनि पढ्नुहोस्

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

४ मिनेट अगाडि
विद्युत्काे मूल्य अभिवृद्धि कर हटाउने तयारी

विद्युत्काे मूल्य अभिवृद्धि कर हटाउने तयारी

६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

देशको बाह्य अर्थतन्त्र निकै बलियो अवस्थामा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक