काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने जनाएका छन् । आइतबार बसेको रास्वपा सचिवालय बैठकमा उनले यो धारणा राखेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
‘पार्टी सभापतिज्युले बैठकमा पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध भएकाले यो तीन वटैबीचको सम्बन्ध बलियो बनाएर जानुपर्छ भन्ने निर्देशन दिनुभएको छ,’ बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता खरेलले भने ।
यस्तै, सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद र समर्थकको अनुशासनको विषयमा पनि केही निर्देशनात्मक कुरा राखेको उनले जनाए ।


