शनि, अशोज ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
भोटेकोशी विपद् बारे छलफल बैठक सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने जनाएका छन्।

संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको करार भएको उल्लेख गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको जनाएका हुन्।

लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता संविधानले परिकल्पना गरेका मौलिक हक सीमान्तकृत नागरिकको दैनिक जीवनको यथार्थ बन्न सकेपछि मात्र हुने उनको भनाइ छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक लोकतन्त्रमार्फत नागरिकको जीवनमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट गरेको जनाएका छन्।

लामिछानेले संविधान जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसका अन्तर्वस्तु परिस्कृत तथा संशोधन हुन सक्ने बताएका छन्। संविधानमै रहेको व्यवस्थाले पनि समयअनुसार यसको समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

‘तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ,’ उनले भनेका छन्।

बेथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्ने उपयुक्त अवसर संविधान दिवस भएको लामिछानेले जनाएका छन्।

‘बलियो राज्य भनेको बलिया संस्था हुन्,’ उनले भनेका छन्, ‘संविधान दिवसले हामी सबै राजनीतिक शक्ति, राज्यका अंगहरू र आम नागरिकलाई आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस्।’

संविधान दिवसका अवसरमा लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।

यो पनि पढ्नुहोस्

संविधानको भावना व्यवहारमा रूपान्तरण गर्न आह्वान

संविधानको भावना व्यवहारमा रूपान्तरण गर्न आह्वान

३५ मिनेट अगाडि
नेकपाद्वारा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित

संविधानको बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने

आज संविधान दिवस मनाइँदै

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण

जेनजी आन्दोलनलगत्तै हुनुपर्ने थियो कारबाही !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक