बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिड्नीमा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
सिड्नीमा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिड्नी । पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।

अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ ।

उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम समयपछि बुधबार अधिकारी बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए । अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रश्न गरेपछि उनीसँग केही समर्थक पनि देखिएका थिए। रिपोर्टअनुसार उनले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेका थिए । अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ भएको बताएका छन् । ‘उनी निकै तनावमा छन् र परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन्’ इडले सञ्चारकर्मीसँग भने । अर्बनमा कसरी भयो घटना ? मंगलबार दिउँसो २ बजे आसपासको समयमा अर्बनको नर्मनबी रोडमा कारले ड्राइभवेमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको खबरपछि आपत्कालीन सेवाका टोली पुगेका थिए ।

गम्भीर अवस्थामा रहेकी बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो । तर, केही घण्टापछि उनको मृत्यु भएको थियो । घटनामा अधिकारीलाई कुनै चोटपटक लागेको थिएन । अनिवार्य परीक्षणका लागि उनलाई अर्बन अस्पताल लगिएको थियो । त्यसपछि उनलाई अर्बन प्रहरी स्टेसन लगेर प्रहरीले मुद्दा चलाएको थियो । अधिकारी अहिले जमानतमा छन् । उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप पुष्टि भइसकेको छैन ।

यो पनि पढ्नुहोस्

बाढीबाट जाेगिन यस्ताे छ तयारी

  प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै

३ मिनेट अगाडि
नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात

भारतबाट नेपालले दैनिक ६५४ मेगावाट विद्युत् पाउने

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका यी स्थानमा भारी बर्षा हुने

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

भारतबाट नेपालले दैनिक ६५४ मेगावाट विद्युत् पाउने

  प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक