बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा बाढी पीडितका लागि सहयोग जुटाउन अपिल    

धारणा न्यूज by धारणा न्यूज
५१ मिनेट अगाडि
Reading Time: 1 min read
0
नेपालमा बाढी पीडितका लागि सहयोग जुटाउन अपिल    
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले नेपालमा गएको विनाशकारी प्रकोपपछि अमेरिकी सङ्घीय सरकारको सहयोग जुटाउन अमेरिकी मन्त्रीहरू, सिनेटर तथा सांसदहरूलाई अपिल गरेको छ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियो, आन्तरिक सुरक्षा मन्त्री मार्कवेन मलिन, सिनेटरहरू तथा अमेरिकी प्रतिनिधि सभाका सदस्यहरू लगायत ७० जना भन्दा बढीलाई पत्र पठाइएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहले बताए। एनआरएनए एनसीसी अमेरिकाका प्रमुख संरक्षक सुनील साहको पहलमा सञ्चालित उक्त अभियानले नेपालमा तत्काल मानवीय सहायता र दीर्घकालीन पुनरुत्थानका लागि थप अमेरिकी सहयोग जुटाउन पत्राचार सुरु गरेको हो। कोभिड महामारीको बेला एनसीसी अमेरिकाका अध्यक्ष रहेका सुनील साहले यस्तै अभियान सञ्चालन गरी नेपालका लागि औषधि, उपकरण तथा अन्य सहयोग जुटाएका थिए।

नेपाल-तिब्बत सीमा नजिकैको हिमाली क्षेत्रमा गत भदौ १० (अगस्ट २६) गते गएको भीषण हिम पहिरो र चट्टान खसेपछि लेन्दे खोला, भोटेकोसी र त्रिशूली नदी प्रणालीमा आएको लेदोसहितको बाढीको पृष्ठभूमिमा उक्त अपिल गरिएको हो। उक्त विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजनालगायतका महत्त्वपूर्ण पूर्वाधार नष्ट हुनुका साथै जलविद्युत् सुरुङभित्र सयौँ श्रमिकहरू थुनिएका थिए। भदौ २१ (सेप्टेम्बर ७) सम्मको प्रतिवेदन अनुसार १,३०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने ७५ जना अमेरिकी नागरिकसहित करिब ५,००० मानिस अझै बेपत्ता छन्।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहद्वारा हस्ताक्षरित पत्रमा अमेरिकी विदेश मन्त्रीलाई प्रारम्भिक ध्यानाकर्षण गराएकोमा अमेरिकी प्रतिनिधि सभाका सदस्यहरू रो खन्ना र जिम पी म्याकगभर्न लगायतलाई धन्यवाद दिइएको छ।  साथै, नेपालको यो गम्भीर सङ्कटप्रति युएसएआइडी, विदेश मन्त्रालय र सम्बन्धित संसदीय समितिहरूको ध्यान आकर्षित गराउन नेतृत्वदायी भूमिकाका लागि अनुरोध पनि गरिएको छ।

नेपाली-अमेरिकी समुदायले स्थानीय तहमा राहत सामग्री सङ्कलन गरिरहेको भए पनि यो विपद्को आकार डायस्पोराको क्षमताभन्दा धेरै ठूलो रहेको संस्थाले स्पष्ट पारेको छ।

अपिलमा खाद्यान्न, आश्रय, खानेपानी र औषधीसहितका आपत्कालीन सामग्रीहरूको द्रुत वितरण; भत्किएका घर, सडक, पुल र ऊर्जा सुविधाहरूको पुनर्निर्माण, हिमनदी, पहिरो र बाढीको जोखिम अनुगमन गर्ने आधुनिक प्रविधिको जडान; स्थानीय आपत्कालीन उद्धार टोलीहरूलाई बलियो बनाउन प्राविधिक सहयोग, उपकरण र तालिम, र सङ्कटापन्न हिमाली समुदायहरूका लागि दीर्घकालीन विपद्-जोखिम न्यूनीकरणमा रणनीतिक लगानीका लागि आग्रह गरिएको छ।

एनआरएनए एनसीसी अमेरिकाले वर्तमान मानवीय सङ्कट सम्बोधन गर्न र भविष्यमा हुन सक्ने यस्ता जलवायुजन्य त्रासदीहरू रोक्न नेपाललाई सबल बनाउन अमेरिकी प्राविधिक अनुभव र स्रोत-साधन अत्यन्त महत्त्वपूर्ण हुने कुरामा जोड दिएको छ।

यो पनि पढ्नुहोस्

भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

विनाशकारी बाढीबाट मृत्यु हुनेकाे संख्या १ हजार ४०३ जना पुग्याे

३ घण्टा अगाडि
आज  संसदीय समितिको बैठक बस्दै

आज संसदीय समितिको बैठक बस्दै

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

देशका यी स्थानमा भारी बर्षा हुने

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक