बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘तिनीहरू: एलिफेन्ट्स् इन द फग’ को प्रदर्शनबाट बाढीपीडितलाई सहयोग

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
‘तिनीहरू: एलिफेन्ट्स् इन द फग’ को प्रदर्शनबाट बाढीपीडितलाई सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ भोटेकोशी बाढी पीडितका लागि सहयोग जुटान विश्वभर स्क्रिनिङ हुने भएको छ ।

कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ विजेता चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले आफ्नो अन्तर्राष्ट्रिय यात्राका क्रममा नेपालप्रति ऐक्यबद्धता जनाउँदै फ्रान्समा विशेष च्यारिटी प्रदर्शन गर्ने भएको हो ।

‘एलिफेन्ट्स इन द फग’का निर्मातासमेत रहेका प्रचण्डमान श्रेष्ठ र मुख्य अभिनेत्री पुष्पा थिङ नुवाकोटका हुन् । बाढीले श्रेष्ठको घर समेत बाढीले क्षति पुर्‍याएको थियो ।

अविनाश विक्रम शाह निर्देशित फिल्मको फ्रान्सेली रिलिज सेप्टेम्बर २३ बाट हुँदैछ । त्यसअघि सेप्टेम्बर १७ मा पेरिसस्थित यूजीसी लेस हाल्समा विशेष प्रिभ्यू स्क्रिनिङ आयोजना हुँदैछ । निर्देशक अविनाश स्वयं उपस्थित रहने उक्त प्रदर्शन अर्थात् ‘नेपालसँगको ऐक्यबद्धता’ अभियानअन्तर्गत आयोजना गर्न लागिएको हो ।

यस विशेष प्रदर्शनबाट फ्रान्सेली वितरकलाई प्राप्त हुने आम्दानी नेपालमा बाढी तथा प्राकृतिक विपदबाट प्रभावित व्यक्तिहरूको सहयोगका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदान गरिनेछ । फ्रान्सका लागि नेपालका राजदूतको पनि उक्त विशेष प्रदर्शनमा उपस्थित हुनुहुनेछ ।

“हामी जहाँबाट सक्छौँ, त्यहीबाट एक जुट भएर सहयोग गर्ने अभियानमा छौँ,” निर्देशक अभिनास विक्रम शाहले भने, “पेरिसबाट पनि हामी सिनेमा स्क्रिनिङ गरेर भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्दैछौँ ।”

यसअघि पनि चलचित्र ‘एलिफेन्ट्स इन द फग’को टोलीले नेपालमा बाढीपीडितको सहयोगार्थ भदौ १७ गते काठमाडौंमा विशेष स्क्रिनिङ आयोजना गरेको थियो । उक्त प्रदर्शनबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप कोषमा प्रदान गरिएको थियो ।

नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै फिल्मको फ्रान्सेली टोली र वितरकले यो विशेष प्रदर्शन आयोजना गर्न लागेको हो । नेपालमा फिल्म प्रदर्शन भइरहेकै क्रममा विदेशमा समेत फिल्ममार्फत नेपालका लागि सहयोग जुटाउने प्रयास गरिएको हो ।

यो चलचित्र अहिले नेपालमा प्रदर्शन भइरहेको छ । दर्शक र समीक्षक दुबैबाट राम्रो प्रतिक्रिया पाएको छ । जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् । अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माताआदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।

यो पनि पढ्नुहोस्

नेवार समुदायले मनाइयाे चथाः पर्व

१ मिनेट अगाडि
रास्वपा सांसदहरूसँग छलफल

रास्वपामा पार्टीकाे जिम्मेवारी बाँडफाँड

३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका यी स्थानमा भारी बर्षा हुने

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

भारतबाट नेपालले दैनिक ६५४ मेगावाट विद्युत् पाउने

  प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक