सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यस्ता छन् एभोकाडो फलका फाइदाहरू

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
0
यस्ता छन्  एभोकाडो फलका फाइदाहरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्ला केही वर्ष एभोकाडो फलको लोकप्रियता बढेको पाइन्छ । मानिसले यसलाई ब्लेन्ड गरेर, चाना पारेर, टोस्टमा दलेर विभिन्न तरिकाले खान मन पराउँछन् । यो हरियो फल लोकप्रिय बन्दै जानुका पछाडि कारण छ – यसका अनगिन्ती स्वस्थकर फाइदा ।

स्वस्थ जीवनका लागि आवश्यक पर्याप्त पोषण तत्वयुक्त डायटमा एभोकाडोलाई समावेश गर्नु वास्तवमै अधिक लाभदायक रहेको सिएनएनकी न्युट्रिसनविद् लिजा ड्रेयेर बताउँछिन् ।

१. एभोकाडोमा ओमेगा–३ तत्व उच्च मात्रामा पाइन्छ
एभोकाडोमा ओमेगा–३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ जसले ‘एलडिएल कोलेस्ट्रोल’ पनि भनिने ‘लो डेन्सिटी लिपोप्रोटिन कोलेस्ट्रोल’ कम गराउन मद्दत गर्दछ । मान्छेको स्वास्थ्यका लागि यसको विपरित, ‘एचडीएल’ कोलेस्ट्रोल चाहिँ राम्रो हुने ड्रेयेर बताउँछिन् ।

तरपनि हाम्रो शरीरमा प्रायः एलडीएल कोलेस्ट्रोल नै बढी हुने गरेको पाइएको छ । यसले स्ट्रोकको खतरा बढाउँछ भने मुटु सम्बन्धी रोग लाग्ने जोखिम समेत वृद्धि गर्छ ।

२. एभोकाडो ‘पोटासियम’ को उत्तम श्रोत हो
१०० ग्राम एभोकाडोमा ४८५ मिलिग्राम पोटासियम हुन्छ जसको केरासँग तुलना गर्ने हो भने सय ग्राम केरामा जम्म ३५८ मिलिग्राम पोटासियम हुन्छ ।

पोटासियम तत्वले हाम्रो स्नायु प्रणालीको काम नियमित राख्न मद्दत पुर्याउँछ र पोषण तत्वहरु हाम्रो सेलसम्म पुर्याउँदछ । त्यस्तै उच्च रक्तचाप नियन्त्रणमा पनि पोटासियमको धेरै उपयोगीता भएको ‘अमेरिकी हार्ट असोसिएसन’ ले बताएको छ । सोडियमको मात्रा उच्च हुनुले नै रक्तचाप बढाउँछ र पोटासियमले त्यस किसिमको अतिरिक्त सोडियमलाई पिसाबमार्फत हाम्रो शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ । जसपछि रक्तचाप नियन्त्रणमा आउने गर्दछ ।

३. एभोकाडोमा प्रशस्तै मोनोस्याचुरेटेड फ्याट्स पाइन्छ
‘मोनोस्याचुरेटेड फ्याट’ भनेको त्यस्तो फ्याट हो जसले राम्रो कोलेस्ट्रोल (एचडीएल) लाई कुनै प्रभाव नपारिकन हानिकारक एलडीएल कोलेस्ट्रोललाई कम गर्नमा मद्दत पुर्‍याउँछ ।

एलडीएल कोलेस्ट्रोलको मात्रा धेरै हुनुले ‘आर्टेरिज’ मा रगतको बहावलाई अवरोध गराउन सक्छ र रगत जम्नेलगायत अन्य जटिल स्वास्थ्य समस्या उत्पन्न गराउँदछ । आर्टेरिजले अक्सिजनयुक्त रगतलाई मुटुबाट शरीरको अन्य भागसम्म पुर्‍याउने काम गर्छ ।

४. एभोकाडोमा फाइबर पनि धेरै हुन्छ
एभोकाडोमा प्रति १०० ग्राममा सात ग्राम फाइबर हुने गर्दछ । फाइबर हाम्रो शरीरका लागि अति आवश्यक तत्व हो । र, कम फाइबार भन्दा, धेरै फाइबरयुक्त खाना सेवन गर्नुले हामीलाई लामो समयसम्म भोक लाग्दैन । त्यसैले तौल नियन्त्रणमा केन्द्रित मानिसहरुका लागि एभोकाडो धेरै राम्रो विकल्प हुन सक्छ ।

५. फोलेट तत्वको धनी हुन्छ एभोकाडो
यो फलमा फोलेट प्रशस्तै पाइन्छ । युएसडीएका अनुसार प्रत्येक १०० ग्राम एभोकाडोमा ८१ माइक्रोग्रामसम्म फोलेट तत्व हुन्छ । फोलेट भनेको बी भिटामिन हो जुन हाम्रो दिमागी विकास र मस्तिष्क सञ्चालनका लागि अधिक महत्वपूर्ण हुन्छ भने स्वस्थ गर्भधारणमा पनि मद्दत पुर्‍याउने ड्रेयेर बताउँछिन् ।

‘नेस्नल इन्सटिच्युट अफ हेल्थ अफिस फर डाइटरी सप्लिमेन्ट्स’ ले गर्भधारण गर्ने उमेरका सबै महिलाहरुले प्रति दिन ४०० माइक्रोग्राम फोलेट सेवन गर्न सुझाव दिएको छ । त्यस्तै गर्भवती महिलाहरुले चाहिँ यसको सेवन अझ बढाएर प्रति दिन ६०० माइक्रोग्रामसम्म खानुपर्ने बताइएको छ ।

फोलेटले बच्चालाई सामान्य रुपमा बिना कुनै समस्या जन्मिन मद्दत गर्दछ । विशेषगरी गर्भवती भएको सुरुवाती हप्ताहरुमा नवजात शिशुको दिमाग या स्पाइनलाई असर पार्ने समस्या हुनबाट यसले जोगाउँछ ।

यसरी निष्कर्षमा भन्नुपर्दा एभोकाडो पोषण तत्वहरुको अति उत्तम श्रोत हो र दैनिक खानामा यसलाई केही न केही गरि समावेश गराउनुले स्वस्थ जीवनमा योगदान पुर्‍याउनेछ । सीएनएन

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईंलाई विमानस्थलमा कार्यक्रम गर्न रोक

दुर्गा प्रसाईंलाई विमानस्थलमा कार्यक्रम गर्न रोक

६ घण्टा अगाडि
पुष्प सुनारको नयाँ नेपाली लोक गीत ‘पासो’ सार्वजनिक

पुष्प सुनारको नयाँ नेपाली लोक गीत ‘पासो’ सार्वजनिक

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुग्लिन–नारायणगढ सडकखण्ड दुईपटक सवारी आवागमन रोकिने

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पोखराको बसपार्क क्षेत्र स्थानान्तरण गर्ने तयारी

बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक