काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विमानस्थलमा कार्यक्रम गर्न रोक लगाइएको छ।
झापाबाट काठमाडौं ओर्लिएपछि विमानस्थलभित्रै कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घर पठाएको छ।
विमानस्थलबाट निस्किँदै गर्दा उनले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। उनी घरमै पत्रकार सम्मेलन गर्ने तयारीमा छन्।


