आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शनिबार नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । भव्य समारोहका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित भारत मण्डपमा ब्रिक्स शिखर सम्मेलनको उद्घाटन गरेका छन् ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत उच्चस्तरीय नेताहरूको सहभागिता छ ।

ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) गरी ११ देश सदस्य छन् ।

ब्रिक्सले आफूलाई विश्व तथा क्षेत्रीय महत्वका समसामयिक विषय र विश्वव्यापी राजनीतिक तथा आर्थिक शासनका मुद्दामा परामर्श र सहकार्यका लागि उपयोगी मञ्चका रूपमा प्रस्तुत गर्दै आएको छ ।

नयाँदिल्ली घोषणापत्रमा के छ ?

ब्रिक्स शिखर सम्मेलनको संयुक्त घोषणापत्रमा समूहका सदस्य राष्ट्रहरूले अन्तर्राष्ट्रिय विवादलाई संवाद, परामर्श र कूटनीतिमार्फत समाधान गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । घोषणापत्रमा विश्वका प्रमुख मुद्दामा सदस्य राष्ट्रहरूका फरक–फरक धारणा र अवस्थालाई ध्यानमा राख्दै बहुपक्षीय दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिइएको छ । नयाँ दिल्ली घोषणापत्रमा आणविक खतरा र द्वन्द्वको बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानप्रति प्रतिबद्धता पुन: व्यक्त गरिएको छ ।

घोषणापत्रका मुख्य बुँदा

एकपक्षीय कदमको विरोध : ब्रिक्सले अन्तर्राष्ट्रिय कानुनविपरीत हुने एकपक्षीय दबाबमूलक विकल्पको विरोध गरेको छ । समूहले कार्बन सीमा समायोजन संयन्त्रलगायत एकपक्षीय, दण्डात्मक, विभेदकारी तथा संरक्षणवादी उपाय अन्तर्राष्ट्रिय कानुनअनुकूल नभएको जनाएको छ ।

यस्ता कदमले विशेषगरी विकासशील देशहरूले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सामना गर्न, अनुकूलन क्षमता र उत्थानशीलता बढाउन गरिरहेका प्रयासलाई कमजोर पार्ने ब्रिक्सको भनाइ छ ।

सीमापार भुक्तानी: ब्रिक्स देशहरूबीच सीमापार भुक्तानीलाई सहज बनाउन व्यावहारिक समाधान खोज्ने छलफललाई निरन्तरता दिन समूहले आग्रह गरेको छ ।

‘ब्रिक्स पेमेन्ट टास्क फोर्स(बीपीटीएफ)ले प्रभावकारी सीमापार भुक्तानी प्रणालीका लागि गरिरहेको अध्ययन र कामलाई घोषणापत्रमा स्वागत गरिएको छ ।

सदस्य राष्ट्रहरूले ब्रिक्सका स्थानीय मुद्रामा व्यापारिक कारोबार र लगानी बढाउने सम्भावनाबारे छलफल भइरहेको बताएका छन् । राष्ट्रिय प्राथमिकतालाई सम्मान गर्दै सबै देशका लागि एउटै समाधान उपयुक्त नहुने पनि घोषणापत्रमा उल्लेख छ ।

सीमापार भुक्तानी प्रणालीलाई छिटो, कम लागतको, सहज पहुँचयोग्य, प्रभावकारी, पारदर्शी र सुरक्षित बनाउन बीपीटीएफलाई छलफल अघि बढाउन आग्रह गरिएको छ ।

आणविक जोखिम: ब्रिक्स नेताहरूले बढ्दो आणविक खतरा र द्वन्द्वको जोखिमप्रति चिन्ता व्यक्त गरेका छन् । विश्वव्यापी स्थायित्व, अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि निशस्त्रीकरण, हतियार नियन्त्रण र आणविक अप्रसारको प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

आणविक हतियारमुक्त क्षेत्रहरूले आणविक अप्रसार व्यवस्थालाई बलियो बनाउन महत्वपूर्ण योगदान गर्ने भन्दै ब्रिक्सले विद्यमान सबै आणविक हतियारमुक्त क्षेत्रप्रति आफ्नो समर्थन र सम्मान दोहोर्‍याएको छ ।

बहुपक्षीय दृष्टिकोण: महत्वपूर्ण विश्वव्यापी मुद्दामा विभिन्न राष्ट्रका राष्ट्रिय दृष्टिकोण र अवस्थाको सम्मान गर्दै बहुपक्षीय दृष्टिकोण अपनाउन ब्रिक्सले जोड दिएको छ ।

द्वन्द्वभन्दा कूटनीति : अन्तर्राष्ट्रिय विवादलाई संवाद, परामर्श र कूटनीतिमार्फत शान्तिपूर्ण ढंगले समाधान गर्ने प्रतिबद्धता घोषणापत्रमा पुन: दोहोर्‍याइएको छ ।

आतंकवादी गतिविधिको निन्दा: ब्रिक्सले कुनै पनि उद्देश्य, स्थान वा व्यक्ति/समूहबाट गरिने आतंकवादी गतिविधिको कडा निन्दा गरेको छ ।

घोषणापत्रमा २२ अप्रिल २०२५ मा जम्मु–कश्मीरमा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु र धेरै जना घाइते भएको घटनाको कडा शब्दमा निन्दा गरिएको छ ।

आतंकवादका सबै स्वरूप र अभिव्यक्तिविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गर्दै सीमापार आतंकवादी आवागमन, आतंकवादको वित्तीय सहयोग तथा आतंकवादीलाई सुरक्षित आश्रय दिने कार्य रोक्नुपर्नेमा जोड दिइएको छ ।

यो पनि पढ्नुहोस्

शिक्षामंत्री लखेटिएको घटना के हो ?

३ घण्टा अगाडि
इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

१ दिन अगाडि

आतंकवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुने र आतंकवादी गतिविधिमा संलग्न तथा तिनलाई सहयोग गर्ने सबैलाई सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफदेही बनाएर न्यायको कठघरामा ल्याउनुपर्ने ब्रिक्सको भनाइ छ ।

हिन्दुस्तान टाइम्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक