बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

जोखिमयुक्त बस्ती सार्दै बालेन सरकार

नदी तथा खोला किनाराका जोखिमयुक्त बसोबास स्थानान्तरण गर्ने व्यवस्था विधेयकको मस्यौदा तयार

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
जोखिमयुक्त बस्ती सार्दै बालेन सरकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीले नेपालका जोखिमयुक्त बस्तीहरू स्थानान्तरण गर्ने बहसलाई फेरि एकपटक तीव्र बनाएको छ । बाढीले सयौंको ज्यान लिएको, हजारौंलाई बेपत्ता पारेको र हजारौं परिवारलाई घरबारविहीन बनाएको यस महाविपत्तिपछि प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले जोखिमयुक्त बस्ती सार्ने योजनालाई विशेष प्राथमिकता दिएको छ । सरकारले भूमिसम्बन्धी कानुनमै नदी तथा खोला किनाराका जोखिमयुक्त बसोबास स्थानान्तरण गर्ने व्यवस्था समावेश गर्ने गरी विधेयकको मस्यौदा तयार पारिसकेको छ । यस कार्यको जिम्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री प्रतिभा रावललाई दिइएको छ ।
प्रधानमन्त्री शाहले बागमती किनारका बस्ती स्थानान्तरण गर्दा विरोध भए पनि अहिलेको बाढीले सार्नुपर्ने आवश्यकता स्पष्ट रूपमा औंल्याएको बताएका छन् । उनी काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा नै जोखिमपूर्ण बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्यको सुरुवात गरेका थिए । अहिलेको विपत्तिले त्यो योजनाको औचित्य अझ पुष्टि गरेको सरकारको दाबी छ । मन्त्री रावलले भनेकी छन्, ‘आम जनतालाई जोखिमपूर्ण स्थानमा राख्नु हुँदैन । खोला तथा नदी किनारमा रहेका बस्तीहरू जोखिमपूर्ण हुन्छन् र यस्ता बस्तीलाई सम्भव भएसम्म सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ भन्ने विषयमा सरकार पहिलो दिनदेखि नै स्पष्ट थियो ।’
सरकारको यो योजना केवल भोटेकोशी प्रभावित क्षेत्रमा सीमित छैन । देशभरका नदी र खोला किनारमा रहेका जोखिमयुक्त बस्तीहरूलाई लक्षित गरिएको छ । विद्यमान करिब ६० वर्ष पुरानो कानुनमा यस कार्यका लागि आवश्यक व्यवस्था नभएकाले नयाँ कानुनी व्यवस्था गर्न लागिएको हो । मन्त्री रावलका अनुसार स्थानान्तरणका लागि पहिलो चरणमा स्थानीय तह र सम्बन्धित वडाको समन्वयमा सम्भावित सुरक्षित जग्गाको पहिचान गरिनेछ । यसका लागि नापी विभागका महानिर्देशकको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भइसकेको छ । पहिचान गरिएका जग्गाहरूलाई सम्बन्धित विज्ञको राय–सुझावका आधारमा बस्ती विकासका लागि उपयुक्त भए÷नभएको मूल्याङ्कन गरी उपयुक्त स्थान छनोट गरिनेछ । त्यसपछि सरकारले तोकेको मापदण्ड तथा प्रक्रियाअनुसार प्रतिपरिवार आवश्यक जग्गाको क्षेत्रफल निर्धारण गरी उपलब्ध गराइनेछ ।
यस व्यवस्थाबाट अन्यत्र बसोबासको विकल्प नभएका, भूमिहीन तथा विपद्बाट प्रभावित परिवारहरू विशेष रूपमा लाभान्वित हुनेछन् । जोखिमरहित क्षेत्रमा व्यवस्थित बस्ती विकास हुँदा भविष्यमा हालको जस्तो विपद्को जोखिमबाट नागरिकलाई जोगाउन सहयोग पुग्नेछ । सरकारले सुरक्षित स्थानमा उपयुक्त जग्गाको पहिचान तथा प्राविधिक मूल्यांकन गरी प्रभावित परिवारलाई प्राथमिकताका आधारमा जग्गा उपलब्ध गराई पुनस्र्थापनाको कार्य अघि बढाउने योजना बनाएको छ । यसका लागि पुनस्र्थापना गर्नुपर्ने परिवारको पहिचान तथा संख्या यकिन गरी आवश्यकताअनुसार थप निर्णय लिइनेछ ।
भोटेकोशी बाढीले देखाएको वास्तविकताले यो योजनालाई थप बल दिएको छ । बाढीले घर मात्र होइन, खेतीयोग्य जमिन, पसल, साना उद्योग र जीविकोपार्जनका आधारहरू पनि ध्वस्त पार्यो । धेरै परिवारहरू नदी किनारमै बसेका थिए किनकि उनीहरूसँग सुरक्षित विकल्प थिएन । भूमिहीन र गरिब परिवारहरू जोखिमपूर्ण ठाउँमा बाध्य भएर बस्ने गरेका छन् । सरकारले यस्तो बाध्यता अन्त्य गर्ने लक्ष्य राखेको छ । मन्त्री रावलले भनेकी छन्, ‘देशको वर्तमान परिस्थितिले जोखिमयुक्त बस्तीको सुरक्षित व्यवस्थापन र प्रभावित परिवारको पुनस्र्थापनालाई कानुनी रूपमा व्यवस्थित गर्नुपर्ने आवश्यकता देखाएको छ । भविष्यमा सरकारले यस प्रकारको अपूरणीय जनधनको क्षति बेहोर्नु नपरोस् भन्ने उद्देश्यले सुरक्षित बस्ती विकास तथा जोखिमयुक्त स्थानबाट स्थानान्तरणको व्यवस्थालाई कानुनमै समेट्न खोजिएको हो ।’
योजना कार्यान्वयनमा चुनौतीहरू पनि छन् । जग्गा पहिचान गर्दा स्थानीय विरोध, जग्गाको स्वामित्व विवाद, पर्याप्त सुरक्षित जग्गाको अभाव र आर्थिक स्रोतको व्यवस्था प्रमुख चुनौती हुन सक्छन् । विगतमा पनि जोखिमयुक्त बस्ती सार्ने प्रयासहरू भएका थिए तर पर्याप्त कानुनी आधार, समन्वय र राजनीतिक इच्छाशक्तिको अभावमा ती प्रयासहरू अधुरा रहन्थे । अहिले सरकारले कानुनमै व्यवस्था गरेर र स्थानीय तहको समन्वयमा अघि बढ्ने रणनीति अपनाएको छ । समिति गठन भइसकेकाले जग्गा पहिचानको काम छिट्टै सुरु हुने अपेक्षा गरिएको छ ।
पुनस्र्थापना मात्र पर्याप्त होइन । नयाँ बस्तीमा आधारभूत पूर्वाधार—खानेपानी, बाटो, विद्यालय, स्वास्थ्य चौकी, बिजुली र सरसफाइको व्यवस्था अनिवार्य छ । जीविकोपार्जनका विकल्प पनि सुनिश्चित गर्नुपर्छ । केवल जग्गा दिएर छोड्ने होइन, परिवारलाई नयाँ ठाउँमा बस्न र आम्दानी आर्जन गर्न सक्षम बनाउनुपर्छ । महिला, बालबालिका र वृद्धवृद्धाको विशेष आवश्यकतालाई ध्यानमा राखेर योजना बनाउनुपर्छ । मनोसामाजिक सहयोग पनि पुनस्र्थापनाको अभिन्न अंग हुनुपर्छ ।
सरकारले यसलाई दीर्घकालीन विपद् जोखिम न्यूनीकरणको रणनीतिको रूपमा अघि बढाएको छ । जलवायु परिवर्तनका कारण बाढी, पहिरो र अन्य प्रकोपको जोखिम बढिरहेको सन्दर्भमा जोखिमयुक्त बस्ती स्थानान्तरण अपरिहार्य बनेको छ । भोटेकोशी बाढीले एकपटक फेरि स्मरण गराएको छ कि नदी किनारमा बसोबास गर्नु भनेको निरन्तर जोखिम बोकेर बस्नु हो । सरकारले यो जोखिम घटाउने दिशामा ठोस कदम चालेको दाबी गरेको छ ।
मन्त्री रावलको नेतृत्वमा अघि बढिरहेको यो योजना सफल भए भविष्यमा ठूला विपत्तिबाट बच्न सकिने आशा जागेको छ । तर योजना कागजमा मात्र सीमित नहोस् भन्नका लागि प्रभावकारी कार्यान्वयन, पारदर्शिता र पीडितमैत्री दृष्टिकोण आवश्यक छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय बलियो बनाउनुपर्छ । राजनीतिक विवाद र प्रशासनिक ढिलासुस्तीले योजना अल्झाउनु हुँदैन । पीडित परिवारहरूको आवाज सुनेर, उनीहरूको सहभागिता सुनिश्चित गरेर अघि बढ्नुपर्छ ।
भोटेकोशी बाढीका पीडितहरू अहिले पनि आफ्ना हराएका सदस्यको खोजीमा छन् र बाँच्ने बाटो खोजिरहेका छन् । उनीहरूलाई अस्थायी राहत मात्र होइन, सुरक्षित र स्थायी बसोबासको सुनिश्चितता चाहिन्छ । बालेन सरकारले जोखिमयुक्त बस्ती सार्ने यो बृहत् योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गरेमा विपद् व्यवस्थापनमा नयाँ अध्याय सुरु हुनेछ । कानुन निर्माणदेखि जग्गा पहिचान, परिवार छनोट र नयाँ बस्ती विकाससम्मको सम्पूर्ण प्रक्रिया पारदर्शी र द्रुत हुनुपर्छ । यसैमा योजनाको सफलता निर्भर गर्छ । सरकारले भनेको छ— अब जोखिमपूर्ण स्थानमा नागरिकलाई राखिने छैन । यो प्रतिबद्धता व्यवहारमा उतार्न सकियो भने मात्र भोटेकोशीजस्ता विपत्तिबाट भविष्यमा जोगिन सकिनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

३३ मिनेट अगाडि
राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

सामाजिक सञ्जालमा महिलामाथि दुव्र्यवहार बढ्दो

३५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक