बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ग्यासको समस्या झन अप्ठेरो स्थितिमा

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
ग्यासको समस्या झन अप्ठेरो स्थितिमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद बोधनारायण श्रेष्ठले ग्यासको समस्या झन अप्ठेरो स्थितिमा गइराखेको जनाएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हिजो उद्योगमन्त्रीको पीडादायक भनाइ ग्याससँग सम्बन्धित थियो ।

त्यो तीन पटक भिडिओमा दोहोर्‍याएर सुनेँ,’ सांसद श्रेष्ठले भने, ‘सचिवज्यू लगायत कर्मचारीहरूको असल नियतका साथ ग्यासको समस्यालाई समाधान गर्ने प्रयासहरू पनि सुन्यौं । तर ग्यासको समस्या उस्तै छ । झन अप्ठेरो स्थितिमा गइराखेको छ ।’ उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास अभावबारे बोलेकी थिइन् ।

उनले ग्यास अभाव उद्योगीले गर्दा भएको जनाउँदै उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज नहुने जनाएकी थिइन् । उनको त्यो विवादित अभिव्यक्तिपछि आज मन्त्री पदबाट राजीनामा दिइसकेकी छन् ।

यतिबेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार छ । उपभोक्ताहरू एउटा सिलिन्डर ग्यास पाउन दिनरात लाइनमा बस्न बाध्य छन्, भने अर्कोतिर ग्यास पाइहाले पनि २ हजार ६० रुपैयाँ पर्ने ग्यासलाई ३ हजार रुपैयाँसम्म तिर्न बाध्य छन् ।

नेपाल आयल निगम र उद्योग मन्त्रालय आफैंले पालैपालो ग्यास आइरहेको तथ्यांक सार्वजनिक गर्छन् । तर, सरकारले अनलाइनमा सार्वजनिक गर्ने तथ्यांक जस्तो छैन, बजारको अवस्था फरक छ । उपभोक्ता भने घण्टौं लाइन बस्दा पनि ग्यास पाउँदैनन् । यो विषय उठाउँदै रास्वपा सांसद श्रेष्ठले ग्यासको समस्या उस्तै रहेको र झन अप्ठ्यारो स्थितिमा गइराखेको जनाएका हुन् ।

छिमेकी देश भारतबाट नियमित आइराखेको तर वितरण प्रणालीमा समस्या रहेको बताए । समाधानका लागि उद्योगी र प्यापारीलाई एकै ठाउँमा राखेर लाइभ गर्न आवश्यक रहेको जनाए । उपभोक्ताले स्टक राख्न नहुने बताए । सरकारले विद्युतीय चुलोमा छुट दिन आवश्यक रहेको आग्रह गरे ।

यो पनि पढ्नुहोस्

मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

४४ मिनेट अगाडि
ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक