बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘एलिफेन्ट इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन

धारणा न्यूज by धारणा न्यूज
५१ मिनेट अगाडि
Reading Time: 1 min read
0
‘एलिफेन्ट इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । अविनाश विक्रम शाहको चलचित्र ‘एलिफेन्ट इन द फग’ १९औँ एसिया प्यासिफिक स्क्रिन अवाड्र्समा तीन विधामा मनोनयनमा परेको छ ।

एसिया प्यासिफिक स्क्रिन एकेडेमीले ३२ देश तथा क्षेत्रका ३६ चलचित्र समेटिएको मनोनयन सूची सार्वजनिक गरेको छ ।

‘एलिफेन्ट इन द फग’ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनीत भएको एसिया प्यासिफिक स्क्रिन एकेडेमीले जनाएको छ ।

अवार्डमा यस वर्ष मनोनीत फिल्मका ६९ प्रतिशत निर्देशकले आफ्नो पहिलो वा दोस्रो फिचर फिल्म प्रस्तुत गरेका छन् । यसले युवा फिल्म मकेरबीच प्रतिस्पर्धा हुने देखाउँछ । उत्कृष्ट फिल्मका पाँच मनोनीत फिल्म पहिलोपटक फिचर निर्देशन गर्ने निर्देशकले बनाएका हुन् भने उत्कृष्ट एनिमेटेड फिल्मका प्रत्येक मनोनीत फिल्म पनि पहिलो वा दोस्रो फिल्म निर्देशन गर्ने फिल्ममेकरका छन् ।

यस वर्षको सूचीमा विभिन्न देशबीचको सहकार्य पनि उल्लेखनीय देखिएको छ ।

‘एलिफेन्ट्स इन द फग’ले जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेसँग सहकार्य गरेको छ ।

यो अवार्ड अस्ट्रेलियामा अक्टोबर ३० मा हुनेछ ।

‘एलिफेन्ट्स इन द फग’ गत शुक्रबारबाट घरेलु बक्सअफिसमा प्रदर्शन भइरहेको छ । उत्कृष्ट समीक्षा र दर्शकको सकारात्मक वर्ड अफ माउथ पाइरहेका बेला इन्टरनेसनल फिल्म फेस्टिभलबाट सुखद समाचार आएको हो ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।

यो पनि पढ्नुहोस्

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

२२ घण्टा अगाडि
‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक