शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
Reading Time: 1 min read
0
ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका हिंसा, दमन तथा सार्वजनिक संरचना ध्वंसका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

बीपी स्मृति दिवसका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै थापाले दुवै दिनका घटनाको सत्य तथ्य सार्वजनिक नगरेसम्म राज्य जबाफदेही बन्न नसक्ने जनाएका हुन्।

उनले सरकारले प्रतिबद्धता जनाएअनुसार अनुसन्धान कहाँ पुग्यो भन्ने प्रश्नसमेत गरेका छन्।

सभापति थापाले भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको राज्य दमन तथा आन्दोलनभित्र घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने जनाए ।

उक्त घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गरी दमन र हिंसामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

थापाले भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको आगजनी र ध्वंसबारे समेत निष्पक्ष तथा गम्भीर अनुसन्धान आवश्यक रहेको बताए।

त्यस दिन आफ्नो घरसमेत जलेको स्मरण गर्दै उनले व्यक्तिगत क्षतिभन्दा आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका युवाको पीडा ठूलो रहेको उल्लेख गरे।

नागरिकको आक्रोश र आवेगमा व्यक्त प्रतिक्रियालाई सङ्गठित अपराधसँग एउटै रूपमा हेर्न नहुने थापाको भनाइ छ।

‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ,’ उनले भने, ‘तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ।’

उनले नागरिकको आवेगलाई प्रयोग गरी हिंसा र ध्वंस मच्चाउने व्यक्तिको पहिचान गरेर कारबाही गर्नुपर्नेमा जोड दिए।

सरकारले भदौ २४ गतेका घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले अनुसन्धानको प्रगति सार्वजनिक गर्न माग गरे।

भदौ २३ गते दमन गर्ने, आन्दोलनमा घुसपैठ गरेर हिंसा भड्काउने तथा भदौ २४ गते आपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी कारबाही गरेपछि मात्र राज्य जबाफदेही बन्ने बाटोमा अघि बढ्ने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

१३ घण्टा अगाडि
मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओमान विरुद्ध नेपालकाे शानदार जित

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक