सोम, भदौ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप

धारणा न्यूज by धारणा न्यूज
५० मिनेट अगाडि
Reading Time: 1 min read
0
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास गर्ने उद्देश्यले एभरेस्ट स्कुलअन्तर्गत सञ्चालित दुई दिन एक रातको एभरेस्ट स्काउट क्याम्प सम्पन्न भएको छ।

भाद्र २० र २१ गते सञ्चालित क्याम्पमा कब स्काउट आठ, ब्राउनी आठ, गर्ल्स स्काउट २० र ब्वाय स्काउट १५ गरी कुल ५१ जना स्काउटको सहभागिता रहेको थियो। ‘Consideration, Leadership and Fellowship’ मूल विषयमा केन्द्रित क्याम्पमा विद्यार्थीलाई नेतृत्व, सहकार्य, अनुशासन र जीवनोपयोगी सीपसँग सम्बन्धित विभिन्न गतिविधिमा सहभागी गराइएको थियो।

क्याम्पको उद्घाटन एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र कमलादेवी अमात्य राजभण्डारीले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन समारोहमा विद्यार्थीको सर्वाङ्गीण विकासमा स्काउट गतिविधिको महत्वका साथै नेतृत्व र अनुशासनको आवश्यकताबारे जोड दिइएको थियो।

क्याम्प अवधिमा मेमोरी गेम, सर्वधर्म सभा र सामूहिक कार्य लगायतका गतिविधि सञ्चालन गरिएको थियो। ती गतिविधिमार्फत सहभागी विद्यार्थीले समूहमा काम गर्ने, जिम्मेवारी वहन गर्ने, निर्णय गर्ने, समस्या समाधान गर्ने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यवहारिक अभ्यास गरेका थिए।

सर्वधर्म सभामार्फत विभिन्न धर्म, संस्कृति र परम्पराप्रति सम्मान तथा सहिष्णुताको भावना विकास गर्न जोड दिइएको थियो भने सामूहिक कार्यले विद्यार्थीमा आपसी सहयोग, जिम्मेवारीबोध र सहकार्यको भावना विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

क्याम्पको समापन समारोहमा स्काउटका उच्च पदाधिकारी तथा एभरेस्ट स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, कमलादेवी अमात्य राजभण्डारीको उपस्थिति रहेको थियो।

समापन समारोहमा सहभागी विद्यार्थीका अभिभावकलाई स्काउटको उद्देश्य, महत्व र गतिविधिबारे जानकारी गराइनुका साथै विद्यार्थीले क्याम्पमा सिकेका विषय, सीप तथा अनुभवबारे समेत जानकारी गराइएको थियो। सो अवसरमा सहभागी सबै विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।

विद्यालयका अनुसार क्याम्पले विद्यार्थीमा नेतृत्व, अनुशासन, आत्मविश्वास, सहकार्य, सामाजिक उत्तरदायित्व तथा आपसी सद्भाव विकास गर्न सहयोग पुर्‍याएको छ। कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने भएकाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आगामी दिनमा पनि स्काउटसम्बन्धी गतिविधिलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

२६ मिनेट अगाडि
अरबी खाँको हत्यामा मेराजको संग्लन्ता  रहेको आरोप

अरबी खाँको हत्यामा मेराजको संग्लन्ता रहेको आरोप

२९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडकखण्ड सवारी आवागमन आंशिक रूपमा रोकिने

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२६ नेपाल भव्य रूपमा सम्पन्न

५० मेगावाटको जलविद्युत् उत्पादन हुने

रास्वपाका सभापति र अमेरिकी विदेशमन्त्रीबीच संवाद

‘जेन–जी सहिद स्मारक पार्क’ को शिलान्यास

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक