आइत, भदौ २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
0
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाले कूटनीतिक पहललाई फेरि तीव्र बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष वार्ताकारहरू स्टिव विटकफ र जारेड कुशनरले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका छन्।

क्रेमलिनले जारी गरेको भिडियो फुटेजमा विटकफ र कुशनरले पुटिनसँग भेट गरी अभिवादन गरेको देखाइएको छ । भेटका क्रममा पुटिनले युक्रेन युद्धको वर्तमान अवस्था ‘त्यति सहज नभएको’ जनाएका थिए ।

उनले भनेका छन् रूसले ‘परिस्थितिलाई कसरी हेर्छ’ भनेर व्याख्या गर्नेछन् ।

विटकफले युक्रेनसँग तीन दिनका लागि एकअर्काको राजधानीमा आक्रमण रोक्न सहमत भएकोमा पुटिनलाई धन्यवाद दिए । अमेरिकी वार्ताकारहरू आइतबार थप छलफलका लागि युक्रेनको राजधानी किएभ जाने कार्यक्रम छ।

शनिबार क्रेमलिनमा भएको भेटका क्रममा पुटिनले अमेरिकी प्रतिनिधिहरूसँगको सम्पर्कलाई उपयोगी भएको बताएका थिए। उनले शान्ति स्थापना गर्न ट्रम्पले गरिरहेको प्रयासका लागि धन्यवाद दिँदै अमेरिकी वार्ताकारहरूसँग काम गर्न आफू सहज रहेको समेत जनाएका थिए।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार रुसी राजधानीको केन्द्रमा रहेको पुटिनको आधिकारिक निवासमा बन्द ढोकाभित्र भएको वार्ता करिब तीन घण्टा चलेको थियो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत आफूले अमेरिकी राष्ट्रपतिका प्रतिनिधिहरूसँग कुराकानी गरेको जनाएका छन्।

जेलेन्स्कीका अनुसार अमेरिकी प्रतिनिधिहरूले शनिबारदेखि नै रुसी पक्षसँग वार्ता अघि बढाएका छन्। उनले वार्ता प्रक्रियामा सहभागी शहरहरूमा हवाई आक्रमण रोक्न युक्रेन तयार रहेको समेत जनाएका छन्।

रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न पछिल्लो समय अमेरिकी मध्यस्थतामा कूटनीतिक गतिविधि बढेको छ। तर युद्धविराम, क्षेत्रीय विवाद तथा दुवै पक्षका सुरक्षा चासोलगायत विषयमा सहमति जुटाउन अझै चुनौती कायमै छ।

यो पनि पढ्नुहोस्

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

३ हप्ता अगाडि
ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पार्टी एकताका लागि पद त्याग्न तयार

एसिसी प्रिमियर कपमा नेपालले साउदीविरुद्ध बलिङ राेज्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२६ नेपाल भव्य रूपमा सम्पन्न

ॐ हस्पिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक