मन्दिरका दुवै दानपेटी खोल्दा सङ्कलन भएको कुल ३७ हजार ८०८ सम्पूर्ण रकम रसुवाका विपद् पीडितको राहत, उद्धार तथा पुुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव कपिल नेपालले जानकारी गराए ।
उनका अनुसार जन्माष्टमीका दिन शुक्रबार धार्मिक आस्था र भक्तिभावका साथै देशमा गएको विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । पूजाअर्चनाका क्रममा देशमा सुख, शान्ति र समृद्धिको सामूहिक कामना गरिएको थियो ।
भक्तजनबाट सङ्कलन भएको दानदक्षिणालाई विपद्को यस घडीमा सामाजिक उत्तरदायित्व मान्दै राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बैङ्क खुल्नासाथ सो रकम जम्मा गरिने छ ।


