शुक्र, भदौ १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुग्याे

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
श्रीलंकाले १० लाख अमेरिकी डलर सहायता प्रदान गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह अद्यावधिक गरेको विवरणअनुसार यस महाविपद्का कारण ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति र नोक्सानी भएको प्रारम्भिक अनुमान छ।

शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ।

यी जिल्लाबाट शव फेला  ?

शुक्रबार मध्याह्नसम्म फेला परेका १,२८७ शवमध्ये सबैभन्दा बढी चितवनमा भेटिएका छन्। फेला परेका शवमध्ये हालसम्म जम्मा ९६ जनाको मात्र सनाखत हुन सकेको छ। जिल्लागत विवरण यसप्रकार छ:

चितवन: ३५९ जना

नवलपरासी (पूर्व): २१९ जना

नवलपरासी (पश्चिम): २१२ जना

नुवाकोट: १८४ जना

रसुवा: १४० जना

गोरखा: ७२ जना

धादिङ: ६३ जना

तनहुँ: ३८ जना

यस्ताे छ घाइते, बेपत्ता र उद्धारको अवस्था

प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्, जसमा ५८३ जना विदेशी नागरिक रहेका छन्।

सम्पर्कविहीन हुनेहरूमा रसुवाका २ हजार १३० र नुवाकोटका २ हजार ३४० जना रहेका छन्। सम्पर्कविहीनको सूचीमा पहिचान नभएका शवहरू पनि समावेश भएको हुनसक्ने अनुमान प्राधिकरणको छ।

विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन् भने उनीहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ।

उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्‍याएका छन्, जसमध्ये ३०३ जना विदेशी नागरिक छन्।

शुक्रबार मात्रै त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेनाले ८३० पटक र निजी क्षेत्रले १२९ पटक हेलिकप्टर उडान गरेका छन्।

भौतिक क्षति विवरण

प्रारम्भिक आकलनअनुसार यस विपद्ले ठूलो भौतिक क्षति निम्त्याएको छ:

यो पनि पढ्नुहोस्

कबिर महर्जनले नयाँ जीवन पाएपछि उनकी दिदि भन्नु हुन्छ – चमत्कार भयाे

कबिर महर्जनले नयाँ जीवन पाएपछि उनकी दिदि भन्नु हुन्छ – चमत्कार भयाे

१ घण्टा अगाडि
चीनले नेपालसँग सूचना निरन्तर आदानप्रदान गर्ने

चीनले नेपालसँग सूचना निरन्तर आदानप्रदान गर्ने

१ घण्टा अगाडि

७ हजार ५ सय ७० निजी घरहरूमा क्षति पुगेको छ।

४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ।

यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।

सुरक्षाकर्मी परिचालन र राहत वितरण

विपद् व्यवस्थापनका लागि देशभर कुल २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।

प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिँदै काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैर-खाद्यान्न सामग्री पठाइएको छ। सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पुर्‍याएको छ।

सरकारले तत्कालको राहतस्वरूप रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।  बाढीका कारण अवरुद्ध सञ्चार सेवाहरू क्रमशः सुचारु हुन थालेका छन्। नेपाल टेलिकमका १२० मध्ये ११६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका प्राधिकरणले जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुरुङमार्गमा फसेका कविर महर्जनको जिवितै उद्धार

भोटेकोशी पीडितको सहयोगमा जोन्टा क्लब, ‘तिनीहरू’को विशेष स्क्रिनिङ

बाढीपीडितका लागि भन्दै रकम सङ्कलन गरेको आरोपमा पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हिमाली विपद्लाई अब राष्ट्रिय सुरक्षाकाे आँखाले हेराैं

बिपी राजमार्गमा सवारी चाप बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक