शुक्र, भदौ १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भोटेकोशी पीडितको सहयोगमा जोन्टा क्लब, ‘तिनीहरू’को विशेष स्क्रिनिङ

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
भोटेकोशी पीडितको सहयोगमा जोन्टा क्लब, ‘तिनीहरू’को विशेष स्क्रिनिङ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ आजबाट प्रदशर्नमा आएको छ । विश्वका ठूला फिल्म फेस्टिभलको फन्को लगाएको यो सिनेमा आजबाट घरेलु दर्शकमाझ प्रदशर्नमा आएको हो ।

बुधबार भएको नेपाल प्रिमियरमा पाँच मिनेट लामो स्ट्यान्डिङ अवेसन पाएको सिनेमाले राम्रो संख्यामा शो पाएको छ । सिनेमाले उठाएको विषय, मेकिङ र अभिनयमा तारिफ बटुलेको सिनेमाले राम्रो व्यापार गर्नेमा निर्माण टिम विश्वस्थ छ ।

सीमान्तकृत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथालाई हात्तीको बिम्वसँग जोडेर बुनिएको सिनेमाको कथाले दर्शकलाई बाँधेर राख्ने र दर्शकलाई मन पर्ने सिनेमा हेर्नेहरूको प्रतिक्रियाले निर्माण टिम उत्साहित छ ।

“सिनेमा हेरेर हामीलाई एकदम राम्रो प्रतिक्रिया आएको छ । यस्तै प्रतिक्रिया हातबाट पनि आउने हाम्रो आशा छ,” निर्देशक अभिनास विक्रम शाह भन्छन्, “विश्वको ठूला फेस्टिभलमा रुचाइएको सिनेमाले हाम्रा दर्शकको पनि मन जित्छ भन्नेमा हाम्रो विश्वास छ ।”

कान्सलगायत विश्वका ठूला इन्टरनेसनल फिल्म फेस्टिभलहरुमा पुगेर अवार्ड समेत जितिसकेको चलचित्र ‘तिनीहरू ; एलिफेन्ट्स इन द फग’ लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन् । निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ ।

कान्समा जुरी च्वाइस अवार्ड पाएसँगै यो सिनेमा घरेलु दर्शकमाझ पनि प्रतिक्षित बनेको छ ।

यसैबीच, हिजो (बिहीबार) जोन्टा क्लब अफ काठमाडौंद्वारा आयोजित विशेष फन्ड रेजर स्क्रिनिङ सम्पन्न भएको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले उक्त विशेष प्रदर्शन आयोजना गरिएको थियो । देश विपद्को कठिन परिस्थितिको सामना गरिरहेको समयमा आयोजित उक्त प्रदर्शनमा चलचित्रका कलाकार तथा चलचित्रकर्मी र दर्शकहरू राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने उद्देश्यका साथ सहभागी भएका थिए ।

चलचित्र प्रदर्शनपछि कलाकार तथा चलचित्रकर्मीहरूले समाजमा लामो समयदेखि सीमान्तकृत तथा पछाडि पारिएका समुदाय र व्यक्तिका कथा भन्ने चलचित्रहरूको महत्वबारे आफ्ना धारणा राखेका थिए ।

यस्ता कथाहरूलाई निरन्तर दृश्यता दिनु र तिनलाई दर्शक, संवाद तथा समर्थनमार्फत गति दिनु आवश्यक रहेको उनीहरूले बताएका थिए। पर्याप्त साथ र समर्थन नपाए सीमान्तकृत समुदायका कथा तथा आवाजहरू फेरि छायामा हराउन सक्ने उनीहरूको भनाइ थियो ।

चलचित्रका कलाकार तथा चलचित्रकर्मीहरूले लामो समयदेखि ओझेलमा परेका कथा र आवाजलाई सार्वजनिक संवादमा ल्याउन सिनेमाको महत्वपूर्ण भूमिका रहने बताएका थिए। साथै, सीमान्तकृत समुदायका अनुभव र कथालाई केन्द्रमा राख्ने चलचित्रहरूलाई निरन्तर साथ र समर्थन गर्न दर्शकलाई आग्रह गरेका थिए ।

विशेष फन्ड रेजर स्क्रिनिङ आयोजना गरेकोमा चलचित्र परिवारले जोन्टा क्लब अफ काठमाडौं  प्रति आभार व्यक्त गरेको छ। साथै, विपद्को यस कठिन समयमा कार्यक्रममा सहभागी भई राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्नुहुने सम्पूर्ण दर्शक तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गरेको छ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।

 

यो पनि पढ्नुहोस्

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

१ हप्ता अगाडि
सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुरुङमार्गमा फसेका कविर महर्जनको जिवितै उद्धार

भोटेकोशी पीडितको सहयोगमा जोन्टा क्लब, ‘तिनीहरू’को विशेष स्क्रिनिङ

बाढीपीडितका लागि भन्दै रकम सङ्कलन गरेको आरोपमा पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हिमाली विपद्लाई अब राष्ट्रिय सुरक्षाकाे आँखाले हेराैं

तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ : सिक्किम प्रदेशका मुख्यमन्त्री

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक