शुक्र, भदौ १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नुवाकोटका बाढी–पहिरो पीडितलाई नेपाल संघीय समाजवादी पार्टीको राहत

धारणा न्यूज by धारणा न्यूज
३८ मिनेट अगाडि
Reading Time: 1 min read
0
नुवाकोटका बाढी–पहिरो पीडितलाई नेपाल संघीय समाजवादी पार्टीको राहत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । देशका विभिन्न भागमा आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले दुःख व्यक्त गरेको छ। पार्टीले विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

पार्टीका कार्यवाहक महासचिव जनकबहादुर कार्कीले जारी गरेको वक्तव्यमा राज्यले उद्धार तथा राहतका लागि पहल गरे पनि विपत्तिको गम्भीरता र प्रभावित नागरिकको आवश्यकताअनुसार तत्परता, समन्वय र प्रभावकारिता पर्याप्त हुन नसकेको उल्लेख गरिएको छ।

विपद्को समयमा सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै पार्टीले राज्यका सबै संयन्त्र, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, युवा तथा स्वयंसेवी समूहलाई तत्काल परिचालन गर्नुपर्नेमा जोड दिएको छ। प्रभावकारी समन्वय र परिचालनको अभावमा अझै पनि धेरै नागरिक पीडा, भोक, विस्थापन र असुरक्षाबीच बस्न बाध्य भएको पार्टीको भनाइ छ।

पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै समयमै उद्धार तथा राहत पुग्न सके थप मानवीय क्षति रोक्न सकिने प्रभावित नागरिकको अनुभूतिलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ। विपद्को समयमा सबै क्षेत्र र शक्तिलाई एकीकृत रूपमा परिचालन गर्न नसक्नु सरकारी संयन्त्रको कमजोरी भएको पार्टीले जनाएको छ।

नुवाकोटमा राहत सामग्री हस्तान्तरण

नेपाल संघीय समाजवादी पार्टीले राजनीतिक जिम्मेवारीसँगै मानवीय दायित्वलाई प्राथमिकतामा राख्दै देशभर राहत संकलन तथा वितरण अभियान सञ्चालन गरिरहेको जनाएको छ।

पार्टीका कार्यवाहक महासचिव जनकबहादुर कार्कीको नेतृत्वमा राहत सामग्री नुवाकोट जिल्लाका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि पठाएर हस्तान्तरण गरिएको छ। नुवाकोटको जनजाति माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टर तथा विदुर नगरपालिकास्थित जिल्ला समन्वय समितिका पदाधिकारीहरूको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको पार्टीले जनाएको छ।

राहत हस्तान्तरण कार्यक्रममा पार्टीका विजय डंगोल, रेणु डंगोल, सुरेन्द्र प्रधान, राजेन्द्रराम, इन्दु खत्री र प्रेमा मगरलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो। करिब २० जनाको संयुक्त टोली राहत संकलन, ढुवानी तथा हस्तान्तरणमा प्रत्यक्ष रूपमा खटिएको थियो।

यसैगरी, पार्टीका उपमहासचिव सुरेन्द्र प्रधानको नेतृत्वमा तथा स्थायी कमिटी सदस्य राजेन्द्ररामको सहभागितामा अर्को टोली रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले प्रभावित नागरिकको अवस्था बुझ्ने, राहतको आवश्यकता पहिचान गर्ने तथा उद्धार र राहत कार्यमा प्रत्यक्ष रूपमा सहयोग गरिरहेको पार्टीले जनाएको छ।

स्थलगत अवलोकनका क्रममा अझै पनि धेरै प्रभावित परिवारले पर्याप्त राहत प्राप्त गर्न नसकेको र कतिपय स्थानमा आधारभूत आवश्यकताका सामग्रीको समेत अभाव रहेको पाइएको पार्टीको दाबी छ। हालसम्म संकलित राहत सामग्री प्रभावित नागरिकको आवश्यकता र विपत्तिको व्यापकताका तुलनामा पर्याप्त नभएकाले राहत संकलन अभियानलाई थप व्यापक बनाउनुपर्नेमा पार्टीले जोड दिएको छ।

‘पहिले मानवता, त्यसपछि राजनीति’

पार्टीले बाढी–पहिरोलगायतको विपत्तिलाई कुनै राजनीतिक, जातीय, धार्मिक वा क्षेत्रीय सीमाभन्दा माथि उठेर मानवीय संकटका रूपमा लिनुपर्ने बताएको छ।

संकटको यस घडीमा सिंगो देश एकजुट भएर पीडित नागरिकको साथमा उभिनुपर्ने भन्दै पार्टीले राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, युवा तथा विद्यार्थी संगठन, विभिन्न समुदायका अगुवा, उद्योगी–व्यवसायी तथा देश–विदेशमा रहेका नेपालीलाई राहत संकलन र वितरण अभियानमा सहभागी हुन आह्वान गरेको छ।

पार्टीले देशभित्र र विदेशबाट प्राप्त सहयोग, सद्भाव तथा मानवीय समर्पणप्रति आभार व्यक्त गरेको छ। दुःखमा परेका नागरिकलाई सहयोग गर्नु नै अहिलेको प्रमुख मानवीय दायित्व भएको पार्टीको भनाइ छ।

“विपत्तिले हामीलाई विभाजित होइन, अझ बलियो रूपमा एकताबद्ध बनाउनुपर्छ” भन्ने भावनासहित पार्टीले प्रभावित नागरिकलाई तत्काल राहतसँगै पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा समेत निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।

पार्टीले बाढी–पहिरो प्रभावित नागरिकको पीडालाई आफ्नो पीडा भएको उल्लेख गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको सम्पूर्ण प्रक्रियामा साथ नछोड्ने जनाएको छ। साथै, सबै राजनीतिक मतभेद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ‘पहिले मानवता, त्यसपछि राजनीति’ भन्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण नेपालीलाई आह्वान गरेको छ।

यो पनि पढ्नुहोस्

भोटकोशी बाढी

भोटकोशी बाढी

१५ मिनेट अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

हिमाली विपद्लाई अब राष्ट्रिय सुरक्षाकाे आँखाले हेराैं

२२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुरुङमार्गमा फसेका कविर महर्जनको जिवितै उद्धार

भोटेकोशी पीडितको सहयोगमा जोन्टा क्लब, ‘तिनीहरू’को विशेष स्क्रिनिङ

बाढीपीडितका लागि भन्दै रकम सङ्कलन गरेको आरोपमा पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हिमाली विपद्लाई अब राष्ट्रिय सुरक्षाकाे आँखाले हेराैं

तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ : सिक्किम प्रदेशका मुख्यमन्त्री

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक