काठमाडाैं । भारतको सिक्किम प्रदेशका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले रास्वपा सभापति रवि लामिछानेसँग फोन संवाद गरेका छन् । उनले बाढीपछि नेपालले भोगेको पीडामा आफू साथै रहेको जनाएका छन् ।
‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग भएपनि हाम्रो परम्परा, भाषा, भोषभुषा चाडपर्व सबै मिल्छ । हामी बिभिन्न राष्ट्रमा भएपनि अत्मीय छौँ ।’
मुख्यमन्त्री तामाङले कलाकारहरुले आफूलाई नेपालको लागि कार्यक्रम गर्न अनुमति मागेको र नेपालको लागि हो भने आफूहरुले कार्यक्रम गर्न दिने जनाएको जानकारी गराए ।
साथै उनले दुखद घडीमा नेपालसँगै रहेको भन्दै आस्वस्थ पारे । जवाफमा सभापति लामिछाने दुख पर्दा सम्झिनु नै ठूलो कुरा भएको जनाए । त्यसका लागि मुख्यमन्त्री तामाङलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘यो हाम्रो मित्रता, भाइचारा एकदमै कायम रहोस् ।’


