काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। आज बिहान ८:०० बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा परेका १ हजार १२७ शव फेला परेकाे छ ।
फेला परेका शवहरूमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्। यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गहरू समेत फेला परेको प्रहरीले जनाएको छ।
यसबाहेक १ हजार ३५० जनाको बारेमा फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको छ।



