शनि, भदौ १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

शव व्यवस्थापनमा जटिलता

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग  फेला परेका छन्  । यस्ता शव उचित ठाउँ व्यवस्थापन गर्न कठिन भएको जनाइएको छ

नदी किनारबाट  शव एम्बुलेन्समार्फत् ल्याइएको छ । भरतपुर अस्पतालमा ल्याइएका शवलाई  टेन्टमुनि राख्नुपर्ने बाध्यता छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले शवलाई कुहिने र गन्हाउने समस्या आउन नदिन विशेष चनाखो अपनाउनु पर्ने बताए ।  उनले भने, ‘यस्तो अवस्थामा पानीजन्य सङ्क्रमणको जोखिम रहन्छ ।’

भरतपुर अस्पतालमा शवको सरसफाई गरी अनुहारको तस्बिर लिने, शरीरमा भएका कुनै चिह्नको पहिचान गर्ने र नम्बर लगाएर औद्योगिक विकास प्रतिष्ठानको कार्यालयमा बनाइएको अस्थायी शव गृहमा राख्ने गरिएको छ । यसको व्यवस्थापन जटिल हुँदा नदीमा फेला परे लगत्तै शव ल्याउन कठिन भएको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगाले शव व्यवस्थापन गर्न समस्या भएको बताउँछन् । अस्पतालसँग केवल २४ शव राख्ने ठाउँ भएको जनाउँदै अहिले २३३ शव आएको बताए । तीमध्ये चार जनाको पहिचान भएको छ । पहिचान हुनेमा रसुवाका मदन थापा मगर, भुवन थापा मगर, बाँकेका कबिरलाल चौधरी र नुवाकोटका रामकाजी पौडेल छन् । यहाँ ठाउँ अभावमा शवगृह बाहिर टेन्ट राखेर शवहरु राखिएका छन् ।

भरतपुर अस्पतालमा भर्ना भएका बिरामी निजी अस्पताल र मेडिकल कलेजले निःशुल्क रूपमा बाँडेर उपचार गरिदिए आफूलाई शव व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । उनले भने, ‘बिरामी पनि हेर्नुपर्ने र थोरै जनशक्तिमा शवको व्यवस्थापन पनि गर्नुपर्दा समस्या भएको छ ।’  प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा बगालेले भने, ‘शव गृह नजिक रहेका भवनका बिरामीलाई  बढी प्रभावित हुन नदिन सचेत छौँ ।’

कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का नेफ्रोलोजिष्ट डा माधव घिमिरे शवको व्यवस्थापन छिटोभन्दा छिटो गर्नुपर्ने बताए । यस्तो अवस्थामा झाडापखालादेखि फोक्सोसम्मको सङ्क्रमणको जोखिम फैलिन सक्ने उनले औंल्याए ।

यो पनि पढ्नुहोस्

लेदोसहितको बाढीमा मृत्यु हुने संख्या ७ पुग्याे

लेदोसहितको बाढीमा मृत्यु हुने संख्या ७ पुग्याे

५९ मिनेट अगाडि
अलपत्र ११७ पर्यटकको उद्धार

राहत व्यवस्थापनका कार्यहरू निरन्तर जारी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

जनैपूर्णिमा पर्व देशभर मनाउँदै

अलपत्र ११७ पर्यटकको उद्धार

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक