काठमाडौं । कीर्तिपुर वडा नं ३ निवासी सुनिल महर्जनलाई सहयोगस्वरूप दिन खोजिएको २ लाख रुपैयाँ अस्विकार गरेका छन् ।
उनले आफूलाई अहिले आवश्यक नरहेको भन्दै बरु रसुवाका बाढीपीडितका लागि सहयोग गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।
उहाँको यो जवाफ सुनेर उनलाई सहयाेग गर्ने लागेका सामाजिक एवम् समाजसेवी अविनव बज्राचार्यकाे आँखा रसाए ।
विगत ७ बर्षदेखि ब्रन टियुमर राेग ग्रसित भई हात खुट्टा नचल्ने अवस्थामा पुगेका सुनिल महर्जनले ‘आफूलाई अहिले आवश्यक नहेकाे बरु रसुवाको बाढीपीडितलाई सहयोग गर्न सम्पूर्ण मनकारी नेपाली दाजु भाई दिदिबहिनीहरुलाई समेत अनुराेध गरेका छन् ।


