बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खोजी, उद्धार र राहत कार्यमा थप तीव्रता

धारणा न्यूज by धारणा न्यूज
५१ मिनेट अगाडि
0
खोजी, उद्धार र राहत कार्यमा थप तीव्रता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रहरूमा सरकारले खोजी, उद्धार र राहत कार्यलाई आज बिहानैदेखि थप तीव्रता दिएको छ।

बाढीले ठुलो क्षति पुर्‍याएपछि तटीय क्षेत्र र प्रभावित बस्तीहरूमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। जोखिममा परेका नागरिकहरूको तत्काल सहायताका लागि नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा पुगेर आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्री वितरण गरिसकेको छ। सेनाको टोलीले प्रतिकूल मौसम र रातको समयमा पनि स्थल मार्गबाट उद्धार कार्यलाई निरन्तरता दिएको थियो।

आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रहरूमा खोजी र उद्धार कार्यलाई थप सशक्त बनाइएको छ। बेपत्ता भएकाहरूको खोजीका लागि हेलिकोप्टर र पैदल टोली दुवैलाई सक्रिय रूपमा परिचालन गरिएको छ।

सरकारले भोटेकोशी र अन्य नदी किनारामा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। बाढी र पहिरोको जोखिम अझै कायम रहन सक्ने भन्दै सुरक्षित स्थानमा रहन र सरकारी संयन्त्रको सम्पर्कमा रहन सूचित गरिएको छ।

राहत र उद्धार कार्यमा कुनै कसर बाँकी नराख्ने सरकारले प्रतिबद्धता जनाएको छ।

यो पनि पढ्नुहोस्

पृथ्बी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

पृथ्बी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

१ घण्टा अगाडि
भीषण बाढी क्षतिप्रति जापानी प्रमबाट गहिरो दुःख व्यक्त

भीषण बाढी क्षतिप्रति जापानी प्रमबाट गहिरो दुःख व्यक्त

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

धादिङमा ६ जनाको शव फेला

बाढीमा फसेका १२ जनाको उद्धार

नेप्लिज नर्सिङ एसोसिएसन युकेकाे १८ औं वार्षिकोत्सव मनायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक