काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी र डुबानको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै विदेशमन्त्री रुबियोले यस विपद्को घडीमा अमेरिका नेपालको साथमा रहेको जनाएका हुन्।
उनले विपद्को यस अवस्थामा अमेरिकी विदेश मन्त्रालय आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पारेका छन्।


