काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्।
प्रदेश सभा सचिव सुदर्शन खड्काका अनुसार सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।
नेपाली कांग्रेसले ३ भदौमा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
त्यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सरकार पुनर्गठन गर्न नयाँ सहमति भएको थियो।
मुख्यमन्त्री कार्कीले नेकपाका ४ जना प्रदेश सभा सदस्यलाई सोमबार शपथ खुवाइ सकेका छन्।


