काठमाडौं । गोरखा, पालुङटार नगरपालिका-९ कुमालगाउँ बस्ने ४३ वर्षीय मान बहादुर कुमाल सोही ठाउँस्थित खेतको कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, गलकोट नगरपालिका-७ मल्म बस्ने २७ वर्षीय रबिन्द्र थापा आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, परोहा नगरपालिका-४ लौकाहा टोल बस्ने १७ वर्षीया प्रियंका कुमारी राम आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्युठान, स्वर्गद्धारी नगरपालिका-९ जुडापाटास्थित माडी खोलाको छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी १३ वर्षीय बालक, सोही नगरपालिका-३ किमिचौरस्थित माडी खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष, सोही नगरपालिका-४ गोठीबाङस्थित माडी खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेकी महिला, सोही नगरपालिका-५ सरोजास्थित लुङग्री खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेकी महिला र माण्डवी गाउँपालिका-५ अर्दुसस्थित माडी खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
