शुक्र, साउन २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी
नेपालको कम्युनिष्ट आन्दोलनका पुरानो पिढीका नेताहरुमध्ये उर्जाशील, अध्ययनशील र पाका कम्युनिष्ट लेखकहरु मध्येका एक निष्ठाबान माक्र्सबादी लेखककोरुपमा कमरेड कृष्णदास श्रेष्ठ चिनिनु हुन्छ । कतिपय कमजोरीका बाबजुत उहाँले आफ्नो सारा जीवन कम्युनिष्ट आन्दोलनको लेखनप्रति अबिचलितरुपमा समार्पित गर्नु भएको थियो । माक्र्सबादप्रतिको उहाँको अगाध बिश्वास र आस्थाले गर्दा उहाँले त्यस सम्बन्धि लेखनलाई अगाडि बढाउनु भयो र कम्युनिष्ट नेता तथा कार्यकर्तामा माक्र्सबादी चिन्तन, चेतना र चासो जगाउन आजीवनजसो उहाँ लाग्नु भयो । उहाँका दुइ दर्जनभन्दा बढी कृतिहरु र अनुबादहरु जे जति छन् ती सबैले उहाँको माक्र्सबादी दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिलाई नै अधिकतम प्रतिनिधित्व गर्दछन् र ती ज्ञानबद्र्धक तथा पठनीय रहेका छन् । बास्तवमा उहाँको बढी सयमा लेखन,चिन्तन मननमै बित्यो । यसो भन्न सकिन्छ कि उहाँ संगठन र संघर्षमा भन्दा सैद्धान्तिक संघर्षमा बढी लाग्नु भयो । त्यसले गर्दा पनि उहाँको लेखन र अनुबाद दुबैमा उहाँको ज्ञान मात्रै होइन भाषा र शैली निकै सरल र स्तरीय रहेको उहाका कृति र अनुबाद पढ्दा प्रष्ट हुन्छ ।
हुन त शुरुशुरुमा संघर्ष र संगठनकै बाटो भएर उहाँ कम्युनिष्ट आन्दोलनमा सक्रिय हुन थाल्नु भएको देखिन्छ । नेपालमा कम्युनिष्ट आन्दोलनको सुत्रपात भएको पहिलो दशकदेख नै यस आन्दोलसँग सम्बद्ध र संगठित भएर उहा हिड्नु भएको हो । उहाँ देशको कम्युनिष्ट आन्दोलनमा जोडिदा देशमा खाशगरी मध्य तराई र उपत्यकामा त्यसबेला सामन्तबाद बरोधी तुफानी किसान आन्दोलन चलेको थियो । त्यस क्रम र कालखण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहलो महाधिवेशन भएकै साल २०१० सालमा उहाँ पार्टीमा आवद्ध हुनु भयो । पार्टीमा काम गर्दै जाँदा उहाँ काठमाण्डौ जिल्लाको सचिव भएर पनि २०१३ देखि २०१७ सम्म काम गर्नु भएर उहाँले महत्वपूर्ण जिम्मेवारी निभाउनु भएको उहाँ बताउनु हुन्थ्यो । त्यसका अतिरिक्त उपत्यका बाहिर खाश गरेर काभ्रे, सिन्धुपालचोक जस्ता उपत्यकासँग जोडिएका निकट बिभिन्न जिल्लाहरुमा गएर पनि पछिल्लो समयमा उहाँले काम गर्नु भयो । त्यसरी उहाँ सांगठनिक कार्य र पार्टी प्रशिक्षणका निम्ति बरोबर जाने आउने गर्नु हुन्थ्यो । ती जिल्लाहरुमा पार्टीको आरम्भिक जग बसाउने काम उहाँले नै गर्नु भएको इतिहास छ । वास्तवमा क.कृष्णदास कम्युनिष्ट चेतना निर्माण सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने गर्नु हुन्थ्यो । सैद्धान्तिक र ब्यवहारिक उचित ज्ञान बिना यो आन्दोलन सही दिशामा अघि बढ्न सक्तैन भन्ने कुरा उहाँ बारम्बार दोहोर्याउने गर्नु हुन्थ्यो । यो कम्युनिष्ट आन्दोलनको उचित ज्ञान र कम्युनिष्ट साँस्कृतिक चेतना उठाउन वास्तवमा कम्युनिष्ट आन्दोलनमा लाग्ने सबैका लागि र सधैंका लागि ग्रहण गरिराख्नुपर्ने महत्वपूर्ण र सार्वभौम कुरा नै हो ।
कमरेड कृष्णदासको सबैभन्दा महत्वपूर्ण पक्ष सैद्धान्तिकरुपमा उहाँ सदैब माक्र्सबाद लेनिनबाद र माओ बिचारधारा अबिछिन्नरुपमा निरन्तर दृढ रहनु हो । त्यस आधारमा उहाँ सैद्धान्तिकरुपमा पार्टी नेता कमरेड पुष्पलालको सदैब नै निकट रहनु भयो । उहाँ भन्ने गर्नुहुन्थ्यो पुष्पलालका समकालीन नेता र पछिल्लो पिढीका नेताहरुले पनि पुष्पलालको समग्र क्रान्तिकारी जीवन, सिद्धान्तनिष्ठा तथा देश र आम नेपाली श्रमजीवी जनताको मुक्ति र प्रगति तथा जनताप्रति अबिश्रान्त समर्पणलाई जानाजान या अन्जानमा सही मूल्यांकन गर्न सकेनन् । त्यति मात्रै होइन, कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनबादी र नब संशोधनबादी तथा बामपन्थी अवसरबादी दुबैले पुष्पलालमाथि हमाला गरे र कम्युनिष्ट आन्दोलनमा भ्रम सिर्जना गरे भन्ने उहाँको मूल्यांकन थियो । पछिल्लो समय उहाँ नेपालमा कम्युनिष्ट पार्टीको गठन र यसले चलाएको सैद्धान्तिक र बर्गीय आन्दोलनको इतिहास, यसमा आएका उतार चढाव, आरोह अबरोह र त्यसले पैदा गरेका सकारात्मक र सनकरात्क परिणाम तथा तिनबाट लिनु पर्ने सही शिक्षा बारे कम्युनिष्ट आन्दोलनको इतिहास लेख्न चाहनु हुन्थ्यो । शायद आवश्यक सामाग्रीहरु पनि यस सम्वन्धमा उहाँले बटुल्दै हुनुहुन्थ्यो । तर उहाँको बिग्रदो स्वास्थ्य र बुढ््यौलीले गर्दा उहाँको त्यो सपना र चाहना पूरा हुन पाएन । उहाँका कृति र लेखनहरु हेर्दा त्यो ऐतिहासिक चाहना पूरा गर्न पाउनु भएको भए नेपाल कम्युनिष्ट आन्दोलनको छबि अझ प्रष्ट देखिने थियो र उहाँका समग्र लेखनहरुको उच्चाई पनि निकै माथि उठ्ने थियो कि भन्ने लाग्छ ।
कमरेड पुष्पलाल बारे उहाको ‘बिचार र ब्यक्तित्व’ नामको कृति अध्ययन गर्दा पनि उहाँ कम्युनिष्ट आन्दोलनको बारेमा सही दिशाबोधका साथ अघि बढ्न खोज्ने दिशामा कृयाशील हुुनु हन्थ्यो भन्ने लाग्दछ । उहाँले पुष्पलालको ब्यक्तित्व निर्माणमा राष्ट्रिय र अन्तराष्ट्रिय परिबेशले काम गरेको र त्यसै परिप्रेक्षमा उहाँको मूल्यांकन र उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा माक्र्सबाद लेनिनबाद माओ बिचारधारकाका आधारमा दिएको योगदानको बस्तुबादीढंगले सत्यतथ्यका अधारमा चर्चा परिचर्चा गर्नुपर्ने त्यसमा उल्लेख गर्नु भएको छ । त्यसैले उहाँले पुष्पलाललाई अनर्गल र आधारहीन किसिमले लगाइएका फत्तुर र लाञ्छनाहरुको बिरुद्ध कलम चलाउनु भएको छ । परिस्थिति जन्य र मानब स्वाभावजन्य कमजोरीहरु हरेक मानिसमा हुन सक्छन् र तिनलाई अन्यथा तन्काएर अरोपित गर्नु अनैतिक र अराजनैतिक हुन्छ भन्ने उहाँको प्रष्ट कुरा छ ।उहाले भन्नु भएको छ क. पुष्पलालबाट केही कमजोरी भए पनि ती अस्थाई प्रकृतिका परिस्थितिजन्य कुराहरु थिए र कालक्रममा ती मेटिएर गए या जानेछन् । क.पुष्पलालको समग्र जीवन सर्बहारा बर्गको क्रान्तिकाप्रति अबिश्रान्त र अथकरुपमा क्रियाशील रहेको थियो । सामन्तबाद र साम्राज्यबादसँग कस्तै कठिन परिस्थितिमा पनि कदापि नझुक्ने उहाँको दृढता सबैभन्दा उल्लेखनीय, अनुकरणीय र कम्युनिष्ट क्रान्तिकारीहरुले सिक्नै पर्ने सर्बोपरी महत्वपूर्ण कुरा रहेको पनि उहाले औल्याउनु भएको छ ।
तुलनात्मकरुपमा एक युगान्तकारी दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिको सही किसिमले अध्ययन र अनुपालना गर्ने कमरेड पुष्पलाले नेपालको जनबादी र कम्युनिष्ट आन्दोलनमा जुन योगदान दिनु भएको छ त्यसको उच्च मूल्यांकन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय बस्तुगत परिस्थितिजन्य कतिपय कमजोरीहरुलाई सही परिप्रेक्षमा बुझ्न सकेमा कमरेड पुष्पलालको दूरदर्शी,क्रान्तिकारी दृढताको दिग्दर्शन हुन्छ भन्ने क. कृष्णदास सार खिच्नु भएको छ । यद्यपि उहाले आफ्नै मूल्यांकन पनि पूर्ण होइन र यो खेश्रा(मस्यौदा) मात्र हो भन्ने कुरा पनि स्वीकार गरेर पुष्पलालको समग्र र सही मूल्यांकन गर्न त्यस बेलाको बिश्व र नेपालको परिस्थितिको तथ्यपरक अध्ययन अनुसन्धान अझ सुक्ष्म अन्बेषण गरिनुपर्ने हुन्छ भन्ने सही मान्यता थियो । कुनै पनि कुराको छिचरो र सतही ज्ञानले समग्र वस्तुस्थितिको वास्तबिक यथार्थको बोध हासिल हुन सक्दैन र ज्ञानको यो सीमालाई पनि बुझ्नु बुझाउनु पर्दछ भन्ने उहाँको ठम्याई थियो । निश्चयनै यो कम महत्वको कुरा होइन ।
कुरौटे, कोठे र रमिते क्रान्तिकारीहरुले कमरेड पुष्पलालको निरन्तर कृयाशील क्रान्तिकारी चिन्तन, चरित्र र दिनचर्यालाई सही मूल्यांकन गर्न सक्दैनन् बरु भ्रम सिर्जना गर्न सक्छन् गरेका छन् भन्ने कुरा राख्दै क.कृष्णदासले लेख्नु भएको छ – ‘‘पुष्पलाल हाम्रा त्यस्ता पूर्बज हुनुहुनछ जसले मुलुकका कम्युनिष्ट तथा जनबादी आन्दोलनहरुमा केही महत्वपूर्ण योगदानहरु गर्नु भएको छ र कतिपय भूलहरु पनि गर्नु भएको छ । मुलुकमा माक्र्सबादी बिचारहरुको प्रचार– प्रसारमा र कम्युनिष्ट आन्दोलनलाई संगठित पार्नमा उहाँको भूमिका,नेपाली जन आन्दोलनलाई नौलो जनबादी दिशातर्फ निर्देशित गर्नका लागि उहाँको कष्टसाध्य प्रयत्न, दक्षिण तथा ‘बामपन्थी’ अबसरबादको बिरुद्ध उहाँद्वारा चलाइएको संघर्ष,सोभियत नेतृ–डफ्फाद्वारा प्रतिनिधित्व गरिएको आधुनिक संशोधनबादको बिरोधमा र माओ चतु«ङ बिचारधाराको समर्थनमा उहाँको दृढ अडान तथा कठिनतम तथा संकटपूर्ण स्थितिमा पनि शत्रु– ्बर्गसामु नलत्रने उहाँको भावना – यी सारा चहकिला योगदाहरु हुन्,उज्जल ध्वजाहरु हुन् । यी हाम्रो आन्दोलनका स्वस्थ,गौरबशाली परम्परा पनि हुन् जसलाई बर्तमान अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति अनुरुप अघि बढाउनु हाम्रो एक गम्भीर कार्यभार रहेको छ । निश्चय पनि त्यसमा उहाले जे जति योगदानहरु गर्नु भयो, ती उहाँ एक्लैले गर्नुभएको नभएर अन्य कमरेडहरुसित मिलेर वा तिनीहरुको समानान्तररुपमा गरिएका थिए । तर त्यसमा उहाँको अति महत्वपूर्ण भमिका रहेको तथ्या निर्बिबाद छ ।’’
यसरी कम्युनिष्ट आन्दोलनमा मूलतः कलमका एक सशक्त योद्धा कमरेड कृष्णदाले देशमा कम्युनिष्ट आन्दोलनको सुत्रपात गर्ने, यसलाई संगठित गर्ने, हुर्काउने र रक्षागर्ने कार्यमा अबिछिन्नरुपमा कृयाशील नेता कमरेड पुष्पलालमाथि दक्षिणपन्थी र उग्र बापन्थी हमला निरन्तर हुँदै आएको अबस्थामा कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलालका ऐतिहासिक महत्वका अग्रतम योगदानहरुको उजार गर्नु भएको छ र कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने चेष्टा गर्नु भएको छ । वास्तवमा यो उहाँले कम्युनिष्ट आन्दोलनको रक्षा र बिकासका लागि गर्नु भएको निकै महत्वपूर्ण प्रयत्न हो । यसकारणले पनि कमरेड कृष्णदास नेपाली कम्युनिष्ट आन्दोलनका एक अबिस्मरणीय अग्रज ब्यक्तित्व बन्न पुग्नु भएको छ ।
पार्टी दिवस बारे आधारहीन अनर्गल भ्रमलाई पनि उहाले बेतुकको मान्दै चिर्नु भएके छ र संस्थापन कमिटीले २४ अप्रिलमा कम्युनिष्ट पार्टी निर्माण गर्ने दिशामा काम गर्ने कुराहरु राखेर एउटा पर्चा निकाले हो । त्यो पर्चा स्वय कमरेड पुष्पलालले खेश्रा गरेको र त्यसलाई नेपाली तथा अंग्रेजीमा नारायण बिलाश जोशीले टाइप गर्नु भएको कुरा पनि कुराकानीको सन्दर्भमा उहाँले बताउनु भएको थियो । यस बारेमा तीन दशक पछि आएर, जतिबेला कम्युनिष्ट खेमा भित्रैबाट पुष्पलालमाथि लिखितरुपमा दस्तावेजहरुमा हमला गर्न थालिएको थियो त्यतिबेल पार्टी दिवसको बखेडा झिकिएको कुरालाई उहाँले सन्देहास्पद र नियोजित मान्नु हुन्थ्यो ।द्वन्द्वात्मक भौतिकबादी दर्शन मान्ने कसैले पनि कुनै पनि बिषय बस्तु, घटना आदिलाई रहस्यमय र सन्देहास्पद बनाउने र जालझेल गर्नु नहुने उहाको ठोस तर्क हुने गर्दथ्यो । सिद्धान्तको प्रश्नमा निकै कडा र नदब्ने तथा यदाकदा झोक्किने बानी समेत उहाँको थियो भने गल्ती ठहरियो भने हासेर स्वीकार्ने गर्नु हुन्थ्यो । यस अर्थमा उहाँ एक कम्युनिष्ट चिन्तन र तदनुरुपको चरित्रलाई अनुपालना गर्ने ब्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले पनि उहाँलाई धेरै कम्युनिष्टहरुले बिशवास र सम्मान पनि गर्दथे । यसै क्रममा उहालाई अशक्त हुँदा हुुदै पनि कमरेड सोनाम साथीले कम्युनिष्ट आन्दोलनको अध्ययन, अनुसन्धान र अन्बेषण गर्न स्थापित गरिनलागेको माक्र्सीय गुरुकुलको अध्यक्षमा क.कृष्णदासलाई प्रस्ताव गर्दा देशका सबै बाम घटकले सहर्ष स्वीकारेका थिए भने त्यसको सचिवमा गणेश पण्डितको चयन गरिदा सबैले समर्थन जनाएका थिए । तर संयोगबस दुबैको दुःखद निधन हुन पुग्यो । क.पुष्पलालकै सहयोग र समर्थनमा महारानी श्रेष्ठसँग क.कृष्णदास बिवाह बन्धनमा बाधिनु भएको थियो । अब दुबै जना हाम्रा बीच रहनु भएन । अन्त्यमा कमरेड कृष्णदासप्रति उच्च सम्मानकासाथ लाल सलाम !

यो पनि पढ्नुहोस्

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

बन्द उद्योग धमाधम खुलाउँदै सरकार

४ घण्टा अगाडि
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक