सोम, साउन २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारका अभिव्यक्ति गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
सरकारका अभिव्यक्ति गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको जनाएका छन् ।

विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता आङ्देम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य नहुने जनाएका हुन् ।

‘नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको छ । यी उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त भएका होइनन्,’ उनले भनेका छन्, ‘आदिवासी जनजातिसहित सबै समुदायका नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि हुन् । तर आज म चिन्तित छु । सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ उन्मुख भईरहेको महसुस हुन थालेको छ ।’

उनले संविधानका कमजोरी र समस्यालाई संशोधन तथा परिमार्जनमार्फत सुधार गर्न सकिने भए पनि संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई कमजोर बनाउन नहुने उल्लेख गरेका छन् ।

आङ्देम्बेले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको भन्दै यी उपलब्धि कसैको दया वा कृपाबाट नभई आदिवासी जनजातिसहित नेपाली जनताको लामो संघर्षबाट प्राप्त भएको जनाएका छन् ।

उनले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्ने उनको धारणा छ ।

विश्व आदिवासी दिवसले आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति र अधिकारका लागि भएका संघर्ष, त्याग तथा बलिदानलाई स्मरण गर्ने अवसर भएको उल्लेख गर्दै आङ्देम्बेले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई कार्यान्वयन गर्न प्रतिबद्ध हुन आह्वान गरेका छन् ।

यो पनि पढ्नुहोस्

सुशासनदेखि सामाजिक न्यायसम्म : अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड

सुशासनदेखि सामाजिक न्यायसम्म : अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड

३ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे `तय्गु खःसा ति अय्लाः लिसा´ म्यूजिक भिडियाे सार्वजनिक

केयुको उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन माग

बोलबम यात्राकाे अन्तिम दिन भक्तजन सुन्दरीजलमा भेला

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

फेसबुक: बधाई, शुभकामना र समवेदना!!!

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक