काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
रास्वपाले आगामी भदौ पहिलो सातादेखि कार्यक्रम सुरु गर्ने जनाएको हो।
पार्टीका सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्तिअनुसार कार्यक्रममार्फत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरूले महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्।
कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिने रास्वपाले जनाएको छ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरू आम नागरिकका लागि खुला रहनेछन्। उक्त समयमा नागरिकले आफ्ना समस्या, गुनासा, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।
दोस्रो चरणमा साँझ ६ बजेदेखि मन्त्री, पार्टीको केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा छलफल गरिने पार्टीले जनाएको छ।
रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार र पार्टी संगठनबीचको समन्वयलाई प्रभावकारी बनाउनु हो। नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्न साझा राजनीतिक रणनीति निर्माण गर्ने, मन्त्रीहरूलाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउने र वास्तविक समस्याका आधारमा राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, नागरिक, पार्टीको संगठनात्मक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना तथा कार्ययोजनाको आदानप्रदान गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको रास्वपाले जनाएको छ।
पार्टीले लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु भएको उल्लेख गर्दै जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम सुरु गर्न लागेको जनाइएकाे छ।
बैठकका क्रममा उनले क्युबाले नाकाबन्दी र विभिन्न कठिनाइको सामना गर्दै अघि बढेको भन्दै प्रशंसासमेत गरे। ‘क्युबाले कठिनाइलाई साहसका साथ सामना गरेको छ। नाकाबन्दीलाई मर्यादाका साथ झेलेको छ,’ उनले भने।
अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा मजदुर पार्टीहरूको बैठकमा नेपालमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमसँगै विश्व शक्ति–संघर्ष, समाजवाद र वामपन्थी दलबीचको सहकार्यबारे ज्ञवालीले नेपालको धारणा प्रस्तुत गरेका हुन्।


