शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘बा : एक योद्धा’ को ‘नभन्नू कोइसित’ रिलिज

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘बा : एक योद्धा’ को ‘नभन्नू कोइसित’ रिलिज, पञ्चेबाजाको धुनमा केकी अधिकारीको नृत्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’ गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको हो ।

गीतमा हरि लम्सालको शब्द तथा संगीत छ । गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर छ ।

नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको यो गीतले नेपाली विवाह र उत्सवको झझल्को दिन्छ । सार्वजनिक भिडियोमा सुन्दर युवती देखेर युवकले गरेको घरजमको आग्रह र युवतीले गरेको अस्वीकार छ । युवकले जीवन साथी बन्न आग्रह गरे पनि युवतीले भने बुवाआमाले खोजेको केटासँग विवाह गर्ने बताएकी छन् ।

सरकारी जागिरको प्रलोभन देखाएपछि युवतीले घमन्डको भारी बोकेर बसेको व्यक्तिसँग विवाह गर्न नसक्ने बताएसँगै गीत सकिन्छ ।

डान्सिङ व्याटर्नमा पञ्चेबाजामा तयार गरिएको गीतको भिडियोमा केकी अधिकारी र करण साहको नृत्य छ ।

यसअघि यो सिनेमा शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो । जसको धेरैले खुलेर तारिफ गरेका थिए ।

चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।

यो चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको छ ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

 

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

Song Link: https://youtu.be/CX_oIx9Tgo8?si=0nwiPj_jUIgXkUuF

यो पनि पढ्नुहोस्

हराएकी छोरी खोज्दै भौतारिएकी आमा, यस्तो छ ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर

हराएकी छोरी खोज्दै भौतारिएकी आमा, यस्तो छ ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर

२ दिन अगाडि
‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्यासको कृत्रिम अभाव : निगम, उद्योगी र विक्रेतामाथि प्रश्न

देशभर मनसुनी वायुको प्रभाव

International Conference on “China and South Asia in a Multipolar World” Begins in Kathmandu

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक