बिहि, साउन २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हराएकी छोरी खोज्दै भौतारिएकी आमा, यस्तो छ ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
Reading Time: 1 min read
0
हराएकी छोरी खोज्दै भौतारिएकी आमा, यस्तो छ ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै म्युजिकल ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा सिनेमाका मुख्य पात्रको छटपटी, हतासपन र आक्रोश देखिन्छ । सन्तान हराएको पीडा र उसको खोजीका लागि संघर्षरत आमाको कथा छ । हात्तीले दिने दुःख र त्यसको त्रासमा बाँचिरहेको सिंगो गाउँ ट्रेलरमा देखाइएको छ । तर, हात्ती भने ट्रेलरमा देखाइएको छैन ।

प्रहरीसँग छोरी अप्सरालाई खोजी गरिदिन गरेको आग्रह, आफन्तले नै गरेको शंका र उनको खोजीका लागि आमाले गरेको संघर्ष म्युजिकल ट्रेलरमा देखाइएको छ । क्याची बिटमा म्युजिकल ट्रेलरमा रहेको गीतमा तेस्रोलिंगी समुदाका व्यक्ति नाचिरहेको दृश्य देखिन्छ । भोजपुरी लयको छेउमा रहेर कम्पोज गरेको गीत र त्यसको तालले म्युजिकल ट्रेरललाई आकर्षक देखाएको छ ।

केहीको बली चढाइरहेको जस्तो दृश्यले ट्रेलरमा सस्पेन्स थप्ने काम गरेको छ ।

‘तिनीहरु: इलिफेन्ट्स इन द फग’ विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गरेर नेपालमा रिलिज हुन लागेको चलचित्र हो ।

‘इलिफेन्ट्स इन द फग’लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन् । कान्समा जुरी च्वाइस अवार्ड पाएसँगै यो सिनेमा घरेलु दर्शकमाझ पनि प्रतिक्षित बनेको छ ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्की लगायतको अभिनय रहेको छ ।

चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह-निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र साेहम ढकाल रहेका छन् ।

चार्ल्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह-निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माताआदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स

निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ ।

सार्वजनिक म्यूजिकल ट्रेलरको गीतमा लव कर्णको शब्द, शिवानी भगत र देव अहिररावको स्वर रहेको छ ।

आफ्नो लघु चलचित्र ‘लोरी’बाट यसभन्दा अघिनै कान्समा पुरस्कार जितेका अविनाश ‘कालो पोथी’ र ‘शाम्बाला’ तथा लिमिटेड सिरिज ‘सिंहदरबार’का पटकथाकार पनि हुन् ।

MUSICAL TRAILER Link:
https://www.youtube.com/watch?v=bEQlNa5C05M

यो पनि पढ्नुहोस्

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

१ दिन अगाडि
मुन्धुम कथाबस्तुमा आधारित ‘केसामी नाम्सामी’ काे मञ्चन सुरु

मुन्धुम कथाबस्तुमा आधारित ‘केसामी नाम्सामी’ काे मञ्चन सुरु

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनकाे भाउ बढ्याे

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

हराएकी छोरी खोज्दै भौतारिएकी आमा, यस्तो छ ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर

सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक