शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राप्रपाबाट हाम्रो एजेन्डा पूरा हुन नसक्ने भएपछि दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी बनाउन लाग्यौंः धवल शमशेर

धारणा न्यूज by धारणा न्यूज
१२ घण्टा अगाडि
Reading Time: 1 min read
0
राप्रपाबाट हाम्रो एजेन्डा पूरा हुन नसक्ने भएपछि दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी बनाउन लाग्यौंः धवल शमशेर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दुर्गा प्रसाई सर्बोच्च नेता र आफू पार्टी अध्यक्ष रहने गरी आउँदो साउन २८ गते ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने डा.धवल शमशेर राणाले जानकारी दिएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा राणाले देश जोगाउन हिन्दु राज्यसहितको राजसंस्था अनिवार्य रहेकोसमेत राणाले जिकिर गरे ।

डा.राणाले पार्टीको मुख्य लक्ष्य ‘हिन्दू राज्य र अभिभावकीय भूमिकासहितको राजसंस्था पुनस्र्थापना’ रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफूहरुले लिएको उद्देश्य पूरा हननसक्ने भएपछि दुर्गा प्रसाहईसँग मिलेर नयाँ पार्टी गठन गर्नुपरेको जनाए ।

राणाले आफ्नो पार्टीको राजनीतिक सिद्धान्त मूलतः प्रवद्र्धनवाद रहने बताउँदै भने,“हामीहरु दक्षिणपन्थी वा बामपन्थी नभई नेपालको आफ्नै मोलिक धर्म, संस्कार, संस्कृति र सभ्यतामा आधारित सिद्धान्तबाट निर्देशित रहेर स्वाधीन र समृद्ध नेपाल बनाउने हो ।”

देशको शासन–सत्ता निर्वाचित जनप्रतिनिधिले गर्ने भएपनि राजसंस्थाले राष्ट्रको अभिभावक, राष्ट्रिय स्वधीनता र एकताको भूमिका निर्वाह गर्ने उनको भनाइ छ । नेपाल विविध जाति, जनजाति र धर्मावलम्बीको देश भएकाले राजसंस्था राष्ट्रिय एकताको साझा केन्द्र बन्ने राणाले दाबी गरे ।

राजसंस्था हटेको २ दशकमा देशको अवस्था निकै कमजोर बनेको भन्दै त्यसलाई पुनस्र्थापना गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । हिन्दू राज्य कुनै एक धर्मका नागरिकका लागि मात्र नभई सबै धर्मावलम्बीको धार्मिक स्वतन्त्रताको सम्मान गर्ने व्यवस्थासहितको हुने पनि बताए ।

विश्वमा कृस्चियनहरुको १०० बढी, मुसलमानको ४७, बुद्धिस्टको ११ वटा देशहरु धार्मिक पहिचानसहित भए पनि विश्वभर डेढ अरब सनातन हिन्दु धर्मालम्बीहरुको एक मात्र हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्ष बनाइनु दुर्भाग्य भएको उनको कथन छ । “राजनीतिक स्थायीत्व र धार्मिक पर्यटनमा वृद्धि गरी आर्थिक सम्पन्नताका लागि नेपाललाई ‘हिन्दू राज्य’को पहिचानलाई पुनस्र्थापना अत्यवश्यक छ” राणाले भने ।

पार्टीलाई लोकतान्त्रिक, युवा तथा महिलामैत्री बनाइने, नेतृत्व चयनदेखि निर्णय प्रक्रियासम्म बहुमत र सर्वसम्मतिको अभ्यास गरिने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

१२ घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कुवेतमा आक्रमणमा परी नेपालीको ज्यान गयाे

सुनकाे भाउ बढ्याे

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

हराएकी छोरी खोज्दै भौतारिएकी आमा, यस्तो छ ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक