बिहि, साउन २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एआई लाइफलाइन बन्न सक्छ : विश्व बैंक

धारणा न्यूज by धारणा न्यूज
२२ घण्टा अगाडि
0
नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालजस्ता विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाइफलाइन बन्न सक्ने विश्व बंैंकको एक प्रतिवेदनले देखाएको छ ।

सामान्य अवस्थामा एक सय वर्ष लाग्नसक्ने विकासको लक्ष्यलाई एआईको सही प्रयोगले एकै दशकमा हासिल गर्न सकिने विश्व बैंकको विश्व विकास प्रतिवेदन २०२६ ले देखाएको हो । प्रतिवेदनका अनुसार सरकारहरूले बिजुली, इन्टरनेट पहुँच, सीप विकास र संस्थागत गुणस्तरमा विद्यमान कमीलाई हटाउन तत्काल कदम चालेमा एआईले विकासको गतिमा कायापलट ल्याउन सक्ने प्रतिवेदनले उल्लेख गरेको छ ।

मंगलबार सार्वजनिक प्रतिवेदनले एआईका कारण रोजगारीमा पर्ने असरबारे रोचक तथ्य सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार उच्च आय भएका विकसित देशहरूमा ‘जेनेरेटिभ एआई’ का कारण १४.२ प्रतिशत रोजगारी जोखिममा छ, जबकि, न्यून र मध्यम आय भएका विकासोन्मुख देशहरूमा यो जोखिम ४.५ प्रतिशत मात्रै देखिएको छ । बरु एआईका कारण रोजगारी गुम्नेभन्दा पनि यसले कामदारको क्षमता बढाउने अवसर बढी हुने पनि प्रतिवेदनले उल्लेख गरिएकाे छ ।

विकासोन्मुख देशहरूका १६.२ प्रतिशत रोजगारीमा एआईले उत्पादकत्व उल्लेख्य रूपमा बढाउनसक्ने देखिएको छ । विकसित देशमा भने यस्तो अनुपात १८.७ प्रतिशतको हाराहारी मात्रै हुने पनि प्रतिवेदनले उल्लेख गरेको छ । ‘विकासोन्मुख देशहरूमा एआईले कामदारलाई प्रतिस्थापन गर्ने भन्दा उनीहरूको कार्यक्षमता विस्तार र सुदृढीकरण गर्ने सम्भावना अत्यधिक छ,’ प्रतिवेदनले उल्लेख गरेको छ। ‘एआईको लाभ लिन ठूला मोडल र महँगा डाटा सेन्टर चाहिँदैन’ विकासोन्मुख देशहरूले एआईको लाभ लिन ठूला मोडल वा महँगा डाटा सेन्टरहरू बनाइरहनु नपर्ने विश्व बैंक समूहका वरिष्ठ उपाध्यक्ष तथा प्रमुख अर्थशास्त्री इन्दरमिट गिलले जनाए ।

‘सानो र कम लागतको एआई टुललाई स्थानीय परिस्थितिअनुसार प्रयोग गरेर स्वास्थ्य सेवा, शिक्षा, न्याय प्रणाली र कृषि विस्तारमा व्यापक सुधार ल्याउन सकिन्छ,’ उनले भने । तर, एआईको विस्तार बिजुली वा इन्टरनेटभन्दा धेरै नै तीव्र गतिमा भइरहेकोले देशहरूले यसलाई पछ्याउन ढिलाइ गर्न नहुने उनको सुझाव छ ।

प्रतिवेदनले विकासोन्मुख देशहरूका लागि एआई प्रयोगको तीन–चरणको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ । शुरुमा उपलब्ध एआई टुलहरुको उपयोग गर्ने, त्यसपछि स्थानीय भाषा र अवस्थाअनुसार ती टुलहरुलाई परिमार्जन गर्ने र तेस्रो– समयक्रमसँगै एआईको विकासमा अगाडि बढ्ने ।

एआईले पुस्ताौंदेखि समाधान हुन नसकेका समस्याको समाधानको समाधान जीवनकालमै एकपटक गर्ने अवसर प्रदान गरेको विश्व विकास प्रतिवेदन २०२६ का निर्देशक गौरव नाय्यरले जनाए ।

एआईको प्रतिफल प्राप्त गर्न पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ। सब–सहारन अफ्रिकाका करिब एक–तिहाइ ग्रामीण विद्यालयमा अझै पनि बिजुली पुगेको छैन भने दुई–तिहाइमा भरपर्दो इन्टरनेट छैन । यस्तो आधारभूत खाडल नपुरिएमा एआईले देशहरूबीचको असमानता झनै बढाउन सक्ने चेतावनी पनि प्रतिवदेनले दिएको छ ।

एआईको बढ्दो प्रयोगसँगै डाटा गोपनीयता र निर्णय प्रक्रियामा पक्षपात हुनसक्ने प्रति पनि विश्व बैंकले सचेत गराएको छ । सरकारी निर्णयहरूमा एआईले विभेद सिर्जना गरेमा वा सार्वजनिक विश्वास गुमेमा त्यसको क्षतिपूर्ति गर्न गाह्रो हुने प्रतिवेदनले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

सरकारसँग भएको सहमति लघुवित्त पीडितको हितमा छः अधिकारी

सरकारसँग भएको सहमति लघुवित्त पीडितको हितमा छः अधिकारी

१३ घण्टा अगाडि
‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुन्धुम कथाबस्तुमा आधारित ‘केसामी नाम्सामी’ काे मञ्चन सुरु

भदौ १ गते उम्मेदवार क्लब खोल्दै रास्वपा

सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

एन्फाको निलम्बन फुकुवा फिफासँग निरन्तर संवाद

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक