सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आप्रवासन चुनौतीको सामना गर्न स्पेनप्रति ऐक्यबद्धता

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
अमेरिकासँग कर वृद्धि अन्त्यसम्ममा सम्झौता हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बार्सिलोना । सेउटामा गत साता भएको अभूतपूर्व आप्रवासी संकटपछि स्पेनको आप्रवासन नीतिमाथि प्रश्न उठाएका युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूको स्वर फेरिएको छ। मंगलबार बसेको आपतकालीन बैठकमा सदस्य राष्ट्रहरूले स्पेनको संकट व्यवस्थापनलाई ‘द्रुत र प्रभावकारी’ भन्दै प्रशंसा गरेका छन् भने आप्रवासन चुनौतीको सामना गर्न स्पेनप्रति ऐक्यबद्धता पनि व्यक्त गरेका छन्।

केही दिनअघि इटाली, डेनमार्कसहित २२ सदस्य राष्ट्रले स्पेनको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै आलोचनात्मक पत्र पठाएका थिए । तर, मंगलबारको बैठकपछि सार्वजनिक धारणा भने केही फरक देखिएको छ। बैठकको अध्यक्षता गरेका आयरल्याण्डका न्यायमन्त्री जिम ओ’कालाघानले आप्रवासन कुनै एक देशको मात्र नभई सम्पूर्ण युरोपको साझा चुनौती भएकाले त्यसको समाधान पनि संयुक्त रूपमा खोजिनुपर्ने बताए।

स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्दे-मार्लास्काले बैठकपछि सदस्य राष्ट्रहरूले सेउटा संकटमा स्पेनले चालेका तत्कालका कदमको सकारात्मक मूल्यांकन गरेको जानकारी दिए। उनले युरोपेली साझेदारहरूको समर्थनलाई स्वागत गर्दै संकटको सामना साझा जिम्मेवारीका साथ गर्नुपर्नेमा जोड दिए।मार्लास्काका अनुसार गत साता सेउटामा प्रवेश गरेका करिब ७२ हजार आप्रवासीमध्ये ७० हजार मोरक्को फर्किसकेका छन्। उनका अनुसार स्पेनले केही दिनमै ठूलो संख्यामा आप्रवासीलाई फर्काउन सफल भएको र अवस्था क्रमशः सामान्य बन्दै गएको छ।

उनले सेउटा शेंगेन क्षेत्रको विशेष व्यवस्थाअन्तर्गत पर्ने भएकाले त्यहाँबाट स्पेनको मुख्यभूमि वा अन्य युरोपेली मुलुकतर्फ जान अनिवार्य कागजात जाँच हुने र यस घटनाले शेंगेन क्षेत्रको स्वतन्त्र आवागमन प्रणालीलाई कुनै जोखिम नपुर्‍याएको जनाए ।

युरोपेली आयोगले पनि सेउटा संकटमा स्पेनको द्रुत प्रतिक्रिया र सीमा व्यवस्थापनको प्रशंसा गरेको छ। आयोगले अनियमित आप्रवासन कुनै एक देशको मात्र नभई सम्पूर्ण युरोपको साझा चुनौती भएको उल्लेख गर्दै सीमा सुरक्षा थप सुदृढ बनाउन स्पेनलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यद्यपि बैठकमा स्पेनले अघि बढाइरहेको नियमितीकरण (रेगुलारिसासियोन) कार्यक्रमबारे छलफल भने जारी रह्यो। युरोपेली आयोगले सेउटामा भएको ठूलो आप्रवासी प्रवेश र नियमितीकरण कार्यक्रमबीच प्रत्यक्ष सम्बन्ध नरहेको स्वीकार गरे पनि यस्तो नीतिले युरोपका अन्य सदस्य राष्ट्रमा फरक सन्देश जान सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

यसैबीच, सेउटा संकटमा हालसम्म स्पेनतर्फ ७५ र मोरक्कोतर्फ ११ जनाको मृत्यु भएको पुष्टि भएको छ। स्पेन सरकारले सेउटामा रहेका अभिभावकविहीन बालबालिकाको हेरचाहका लागि २५ मिलियन युरोको विशेष बजेट पनि घोषणा गरेको छ।

मार्लास्काले सेउटामा भएको अभूतपूर्व आप्रवासी प्रवेशबारे स्पेनका गुप्तचर निकायबाट यसअघि कुनै विशेष चेतावनी प्राप्त नभएको पनि दोहोर्याए।उनका अनुसार गर्मीयाममा अनियमित आप्रवासन केही बढ्न सक्ने सामान्य अनुमान भए पनि यसपटकको जस्तो ठूलो घटनाको पूर्वसूचना सुरक्षा निकायसँग थिएन।

यद्यपि मंगलबारको बैठकले स्पेनप्रति तत्कालका लागि समर्थन र ऐक्यबद्धताको सन्देश दिएको भए पनि आप्रवासन नीतिबारे युरोपभित्रको बहस भने टुंगिएको छैन। बाह्य सीमा सुरक्षा, अनियमित आप्रवासन नियन्त्रण र स्पेनको नियमितीकरण नीतिबारे सदस्य राष्ट्रहरूबीच मतभेद अझै कायम छन्।त्यसैले सेउटा संकट तत्काल नियन्त्रणमा आए पनि त्यसले युरोपको आप्रवासन नीतिबारे सुरु गरेको राजनीतिक बहस भने अझै जारी रहने संकेत देखिएको छ।

यो पनि पढ्नुहोस्

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

१ हप्ता अगाडि
इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक