बुध, साउन २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालगञ्जमा बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
२२ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपालगञ्जमा बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन साेमबारदेखि सञ्चालनमा आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले मेसिन सञ्चालनमा आएपछि सम्पूर्ण सेवाग्राहीले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सिटी स्क्यान सेवा सहज रुपमा अस्पतालबाट प्राप्त गर्न थालेका जानकारी गराए ।

उनले मेसिन सञ्चालन गर्न करिब एक महिनाको समयावधि लागेको जानकारी दिँदै अब भारतलगायत अन्यत्र क्षेत्रमा बिरामी जाने बाध्यता हट्ने जनाए ।  उनले भने,’समयमा बिरामीको रोगको पहिचान हुने, उपचारमा सहजता आउने र बिरामीको आर्थिक भारसमेत कम हुने हाम्रो विश्वास छ ।’

मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालले दुई वर्षदेखि सिटी स्क्यान मेसिनको टियुब बिग्रेको र त्यसलाई खरिद गर्न समय लागेको जनाए ।

उनका अनुसार मेसिन सञ्चालनमा आएपछि आज पहिलो दिन पाँच जनाले सेवा लिएका छन् । अस्पतालले पछिल्ला दिनमा सेवा विस्तार, सेवा व्यवस्थापनमा सुधार, आधुनिक उपकरण सञ्चालन, विशेषज्ञ सेवाको सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा सेवाको गुणस्तर र अभिवृद्धिका लागि निरन्तर प्रयास गरिरहेको उनको धारणाा छ।

भेरी अस्पताल नेपालगन्जमा प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । अस्पतालले आर्थिक वर्ष २०८२-८३ मा छ हजार ५९७ जनालाई सुत्केरी सेवा प्रदान गरेको छ ।

आर्थिक वर्ष २०८१-८२ मा पाँच हजार ६०८ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालमा चार हजार १४५ जनाले सामान्य प्रसूति सेवा, भ्याकुम-फोर्सेपमार्फत २०५ जनाले र शल्यक्रियामार्फत दुई हजार २४७ जनाले प्रसूति सेवा लिएका मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालले जानकारी गराए ।

सरकारको सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत प्रसूति सेवा र शल्यक्रिया निःशुल्क भएका कारण सेवा लिनेको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । त्यहाँ कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गर्न लागिएको छ । अस्पतालमा प्रसूति सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको  छ ।

यो पनि पढ्नुहोस्

सरकारको कार्यशैलीप्रति आपत्ति

सरकारको कार्यशैलीप्रति आपत्ति

१० घण्टा अगाडि
रास्वपा सांसदहरूसँग छलफल

रास्वपा सांसदहरूसँग छलफल

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारको कार्यशैलीप्रति आपत्ति

प्रमुख सडकखण्डहरु अवरुद्ध

नक्सालबाट २९६.७५ खैरो हेरोइनसहित चार पक्राउ

रास्वपा सांसदहरूसँग छलफल

नारायण परिवार क्लबको वार्षिक उत्सव सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक