आइत, साउन १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सबै देशभक्तजरु गम्भीर हुन जरुरी

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रमा लगानी बढाउनुपर्छः माधवकुमार नेपाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गरेका छन् ।

आइतबार आयोजित तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने प्रमुख चुनौती मुलुकसामु रहेको सहसंयोजक नेपालको भनाइ छ । नेपाल कुनैपनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको जनाए ।

‘देशको अस्तित्वको रक्षा कसरी गर्ने, देशको स्वाभिमान कसरी बचाउने ? देशलाई विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने भन्ने चुनौती हाम्रो सामु छ । हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन । कसैको अधिनमा रहन चाहँदैन । कसैका विरोधमा पनि जान चाहँदैन । सबैसँग मैत्रीभाव राखेर मिलेर अगाडि बढ्न चाहन्छ,’ उनले भने, ‘त्यसैले हामी सबै मित्र राष्ट्रहरूसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौँ । हाम्रा कोही बैरीहरू छैनन् र हामी बनाउन पनि चाहँदैनौँ । तर हामीलाई पनि कसैले बैरी बनाउने गरी, आपसि असमझदारी बढाउने गरी तान्ने कामहरू भइरहेका छन् ।

त्यसकारण पनि यो राष्ट्रियताको विषय हाम्रो लागि अत्यन्तै महत्वपूर्ण विषय बनेको छ ।’ पछिल्लो समयम मुलुकमा आपसी असमझदारी बढ्ने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने उनले जनाए ।

शहीदको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिलेको अर्को महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताए । ‘यत्रो त्याग र बलिदानबाट हामीले प्राप्त गरेको यो संविधान, लोकतन्त्र, गणतन्त्र संघीयतालाई जोगाउनुपर्ने अर्को ठुलो जिम्मेवारी हाम्रो काँधमा छ ।

त्यसकारण कमरेड तुल्सीलालले देशमा लोकतन्त्रको लागि जसरी झण्डा बुलन्द गर्नुभयो, निर्दलीय व्यवस्था अन्त्य गर्न जसरी अगुवाई गर्नुभयो वहाँजस्तो योद्धा आज हाम्रो बीचमा हुनुहुन्न,’ उनले भने, ‘तर हामीले सँगसँगै जनताका पीरमर्काहरू, गरिबी, वेराजगारी, मिटरब्याजपीडित, सहकारी पीडित र सुकुम्बासी नागरिकका समस्या राज्यले हल गर्नुपर्नेमा आज मानिसले आत्महतया गरेको खबर सुन्दा मन चस्स पोलेर आउँछ । यी सबै विषयमा पनि मुलुकका वामपन्थी शक्तिहरू गम्भीर हुन जरुरी छ । सबै देशभक्तजहरु गम्भीर हुन जरुरी छ ।’

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

३ दिन अगाडि
साम्प्रदायिक तनाव बढ्दै गएकाेप्रति आलोचना

साम्प्रदायिक तनाव बढ्दै गएकाेप्रति आलोचना

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

फेसबुक: बधाई, शुभकामना र समवेदना!!!

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

 खराब माैसमका कारण शव ल्याउन समस्या

श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 

नेपाली पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा परी निधन

गोठाटारमा आगलागी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक