शनि, साउन १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा परी निधन

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपाली पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा परी निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्वविख्यात  नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा परी निधन भएको उनको कम्पनीले जनाएको छ।

उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै हिमपहिरोमा परी पुर्जाको ज्यान गएको पुष्टि गरेको हो ।

वक्तव्यअनुसार उक्त दुर्घटनामा उनका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ युक्ता र निमा शेर्पाको पनि मृत्यु भएको छ। टोलीका अन्य केही सदस्य पनि दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

टोलीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आज हामी अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडाका साथ ब्रड पिकमा आएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद् निधन भएको पुष्टि गर्दछौं। साथै, अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ ।’

वक्तव्यमा निम्सदाइसहित दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवार, साथीभाइ र आफन्तप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, शोकमा रहेका परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गरिएको छ।

वक्तव्यमा भनिएको छ, ‘उनको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरलाई आजको स्थानमा पुर्‍यायो। उनले परिवर्तन ल्याएका असंख्य जीवन र प्रेरित गरेका मानिसहरूमार्फत उनको योगदान सधैं जीवित रहनेछ ।’

शनिबार बिहान ड्रोन सर्वेक्षणका क्रममा क्याम्प–१ नजिकै पाँचवटा शवहरू फेला परेपछि उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको थियो। त्यसअघि नै तीनवटा शव बरामद भइसकेको थियो। खराब मौसम र भौगोलिक कठिनाइका बाबजुद मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र सिरबाज खानको नेतृत्वमा रहेको भू–उद्धार टोलीले घटनास्थलमा पुगेर मृतकहरूको पहिचान गरेको हो।

पूर्व ब्रिटिस गोर्खा सैनिक समेत रहेका निर्मल पुर्जाले सन् २०१९ मा संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यो साहसिक कार्य ‘फोर्टीन् पिक्स नथिङ इज इम्पोसिबलु डकुमेन्ट्रीका रूपमा नेटफ्लिक्समा समेत निकै चर्चित छ।

ब्रड पिकमा बिहीबार बिहान ९ः२० बजे हिमपहिरो गएपछि १० पर्वतारोही सम्पर्कविहिन भएका थिए। विनाशकारी हिमपहिरोमा पुर्जासँगै उनको टोलीका अन्य सदस्यहरूले पनि ज्यान गुमाएका छन्। कम्पनीका अनुसार पुर्जाका भरपर्दा आरोहण सहयोगी एवं गाइडहरू पुर बहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि सोही दुर्घटनामा मृत्यु भएको छ।

यो पनि पढ्नुहोस्

धनुषामा कर्फ्यु आदेश हटाउँदै प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी

११ घण्टा अगाडि
दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष पक्राउ

दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष पक्राउ

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा परी निधन

दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष पक्राउ

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

धनुषामा कर्फ्यु आदेश हटाउँदै प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक