आइत, साउन १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 श्रीतिका फिचर्ड  बिरजको  ‘साइली’ ( भिडियो ) 

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
Reading Time: 1 min read
0
 श्रीतिका फिचर्ड  बिरजको  ‘साइली’ ( भिडियो ) 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो  ‘साइली’ र  नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको छ।

बिरजले ८ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन्। १३ वर्षको उमेरमै उनले एकल सांगीतिक साँझ प्रस्तुत गरेर आफ्नो गायन प्रतिभा प्रदर्शन गरेका थिए। त्यसपछि २०७० सालमा उनले ‘नयाँ किरण’ नामक अडियो एल्बम सार्वजनिक गरेका थिए।  उनले सुरशाला म्युजिक एकेडेमीबाट औपचारिक रूपमा संगीत अध्ययन गरेका थिए। हाल अष्ट्रेलियामा रहे पनि नेपाल आउँदा उनी नयाँ गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा विभिन्न लाइभ सांगीतिक कार्यक्रममा व्यस्त रहने गरेका छन्।

यसअघि उनले नेपाल भाषाका (नेवारी) थुप्रै गीत सार्वजनिक गरिसकेका छन्। उनका ‘तुयु तुयु धागु’, ‘नक्कालिम्हा मयेजु’ र ‘छ लुइवोन हे जीवन’ लगायतका गीतले दर्शक तथा श्रोतामाझ राम्रो चर्चा बटुलेका छन्। साथै उनका नेपाली म्युजिक भिडियो ‘आमा’ र ‘तिमी आउने बाटोभरी’ पनि दर्शकमाझ परिचित छन्।

सांगीतिक यात्रामा बिरजले विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेका छन्। उनले २०७४ सालमा ‘तुयु तुयु धागु’ गीतबाट पेज थ्री अवार्ड अन्तर्गत बेस्ट न्यू आर्टिस्ट पुरस्कार प्राप्त गरेका थिए। त्यसैगरी ‘आमा’ गीतका लागि २०७५ सालमा नेसनल पावर न्युज म्युजिक अवार्ड अन्तर्गत बेस्ट सङ अफ द इयर – इन्करेजमेन्ट अवार्डबाट सम्मानित भएका थिए। ‘तुयु तुयु धागु’ बाटै उनले नेसनल बक्स अफिस अवार्डमा बेस्ट डेब्यु सिङ्गर (जुरी च्वाइस) अवार्ड पनि जितेका थिए। यस्तै २०७९ सालमा ‘छ लुइवोन हे जीवन’ गीतका लागि दोस्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड अन्तर्गत बेस्ट मेल सिङ्गर – राइजिङ स्टार (जुरी) अवार्ड प्राप्त गरेका थिए।

यसपटक भने बिरजले नेपाली प्रेमगीत ‘साइली’ लिएर आएका हुन्। गीतमा बिरज महर्जनको स्वर रहेको छ भने शब्द, संगीत तथा संगीत संयोजन जुगल डंगोलले गरेका छन्।

गीतको म्युजिक भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन रकी महर्जनले गरेका हुन् भने सम्पादन रकी महर्जन र रामकृष्ण खड्गीले संयुक्त रूपमा गरेका छन्। भिडियोको निर्देशन रामकृष्ण खड्गीले गरेका छन्।

निर्माण टिमका अनुसार प्रेम र भावनाको सुन्दर कथालाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरिएको ‘साइली’ले युवा पुस्तासँगै सबै उमेर समूहका श्रोता–दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

भिडियो लिंक:  https://youtu.be/RNBbE2I2CV8?si=iuODYmgsgf-w7D3m

यो पनि पढ्नुहोस्

बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

२ दिन अगाडि
गायक आदित्य श्रेष्ठको बाचा’ सार्वजनिक

गायक आदित्य श्रेष्ठको बाचा’ सार्वजनिक

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

‘वैदेशीक हस्तक्षे र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्छ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक