शनि, साउन ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खाद्य सुरक्षा नीति निर्माणका विषयमा कार्यशाला

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
खाद्य सुरक्षा नीति निर्माणका विषयमा कार्यशाला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था तथा स्थानीय तहमा खाद्य सुरक्षा नीति निर्माणका विषयमा आयोजित राष्ट्रिय साझेदारी कार्यशालामा संविधानले सुनिश्चित गरेको खाद्य अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको निष्कर्ष प्रस्तुत गरिएको छ ।

नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था तथा स्थानीय तहमा खाद्य सुरक्षा नीति निर्माणका विषयमा प्रो पव्लिकले बुधबार राजधानीमा आयोजना गरेको राष्ट्रिय साझेदारी कार्यशालामा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदन अनुसार नेपालको संविधानको धारा ३६ तथा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, २०७५ ले प्रत्येक नागरिकलाई खाद्यको हक, भोकबाट सुरक्षित रहने हक तथा खाद्य सम्प्रभुताको हक सुनिश्चित गरे पनि विशेषगरी दुर्गम क्षेत्रमा यसको कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गरिएको छ ।
अनुसन्धानका लागि कर्णाली प्रदेशको चौकुने गाउँपालिकाका १० वटै वडाका १५० घरधुरीमा गरिएको अध्ययनले अधिकांश परिवारको खाद्यान्न उत्पादनले वर्षभरि आवश्यकता पूरा नगर्ने देखाएको छ। अध्ययनमा सहभागी ९५ प्रतिशत किसान परिवारले आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने बताएका छन् भने ८५ प्रतिशत परिवार खाद्यान्न अभाव पूर्ति गर्न बजारमा निर्भर रहेको तथ्य प्रस्तुत गरिएको छ। त्यस्तै, ४२ प्रतिशत घरधुरीले वर्षको ६ देखि ९ महिना खाद्यान्न खरिद गर्नुपर्ने अवस्था रहेको र थप ३६ प्रतिशत घरधुरीले वर्षभरि नै बजारबाट खाद्यान्न खरिद गर्नुपर्ने अवस्था रहेको अध्ययनले देखाएको छ। पर्याप्त पोषणयुक्त आहारको पहुँच पनि कमजोर रहेको उल्लेख गर्दै केवल ९२ परिवारले दैनिक हरियो सागसब्जी उपभोग गर्न सक्ने र ५६ परिवारले मात्र नियमित रूपमा मासु खान सक्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
अध्ययनले ९२ प्रतिशत घरधुरी सधैं खाद्यान्न अभावको चिन्तामा बाँचिरहेको, ७७ प्रतिशतले स्रोत–साधनको अभावका कारण आफूले चाहेको खाद्य परिकार खान नसकेको तथा कम्तीमा ६० प्रतिशत घरधुरीले कुनै समय घरमा खानेकुरा नै नभएको अवस्था भोगेको जनाएको छ।
अनुसन्धानपछि चौकुने गाउँपालिकामा स्थानीय जनप्रतिनिधि, समुदाय तथा सरोकारवालासँग प्रतिवेदन साझा गरिएको थियो। उनीहरूबाट प्राप्त सुझाव समेटेर खाद्य सुरक्षा नीतिको मस्यौदा तयार पारिएको र त्यसलाई प्रदेशस्तरीय कार्यशालामा समेत छलफल गरी अन्तिम रूप दिने प्रक्रिया अघि बढाइएको जानकारी दिइयो।
कार्यशालामा स्थानीय उत्पादनको प्रवद्र्धन, रैथाने बाली संरक्षण, खाद्य भण्डारण प्रणाली सुदृढीकरण, पोषण सुधार, कृषि पूर्वाधार विकास तथा जलवायु परिवर्तनका कारण उत्पन्न हुने खाद्य संकट व्यवस्थापनलाई प्राथमिकतामा राख्दै स्थानीय तहले खाद्य सुरक्षा नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रम प्रोपव्लिकका अध्यक्ष डा निर्मला केसीको सभापतित्वमा भएको थियो ।  कार्यक्रममा स्वागत प्रोपव्लिकका महासचिव धिरज पोखरेलले गरेका थिए भने अध्ययन प्रतिवेदन प्रोपव्लिकका सुशासन तथा समावेशी सल्लाहकार प्रकाश दाहालले गरेका थिए ।
कार्यक्रममा अध्ययन गरिएको क्षेत्र चौकुने गाउँंपालिका सुर्खेतका गाउँंपालिका अध्यक्ष, कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका एक दर्जन प्रत्यक्ष तथा समानुपातिक सांसद्हरुले प्रस्तुत अध्ययन प्रतिवेदनबारे टिक्काटिप्पणी गरेका थिए । साथै कार्यक्रममा संसदको कृषि तथा प्राकृतिक श्रोत समितिका सदस्य सांसद् डा गंगालक्ष्मी अवाल विशेष अतिथि रहेका थिए ।

यो पनि पढ्नुहोस्

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

५ घण्टा अगाडि
गैर न्यायिक सडक विस्तार पिडितकाे काेण सभा

गैर न्यायिक सडक विस्तार पिडितकाे काेण सभा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

‘वैदेशीक हस्तक्षे र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्छ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक