तेह्रथुम । आठराई गाउँपालिका-६ सिमखर्क बस्ने ५१ वर्षीया रूपा लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय कृष्ण बहादुर लिम्बुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
कृष्ण बहादुरले खुकुरी प्रहार गरी रूपाको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनलाई आठराई गाउँपालिका-५ सुम्लिबुङबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


