शुक्र, साउन ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनकाे सैन्य नेतृत्वमा व्यापक फेरबदल

धारणा न्यूज by धारणा न्यूज
२० घण्टा अगाडि
0
युक्रेनकाे सैन्य नेतृत्वमा व्यापक फेरबदल

In this photo provided by the Ukrainian Presidential Press Office, Ukrainian President Volodymyr Zelenskyy, center, shakes hands with new commander-in-chief of Ukraine's Armed Forces Mykhailo Drapatyi during their meeting in Kyiv, Ukraine, Monday, July 20, 2026. (Ukrainian Presidential Press Office via AP)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ। राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सार्वजनिक दबाब र युद्ध रणनीतिमा सुधारको आवश्यकतालाई ध्यानमा राख्दै सेना प्रमुखसहित उच्च सैन्य नेतृत्व परिवर्तन गरेका हुन्।

हालै गरिएको सरकारी पुनर्गठनपछि सेना प्रमुख र रक्षामन्त्री दुवैले पद गुमाएका छन्। निवर्तमान सेना प्रमुख र रक्षामन्त्रीबीच देखिएको मतभेदले युद्ध सञ्चालनमा असर पार्ने चिन्ता बढिरहेका बेला यो निर्णय आएको हो। युक्रेनले यस वर्ष युद्धका विभिन्न मोर्चामा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै आएको छ।

नयाँ सेना प्रमुखका रूपमा ४३ वर्षीय मेजर जनरल मिखाइलो द्रापाती नियुक्त भएका छन्। उनी युक्रेनी सेनाको नयाँ पुस्ताका कमान्डरमध्ये एक मानिनुहुन्छ र सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि सुरु भएको द्वन्द्वदेखि आफ्नो नेतृत्व क्षमता र साहसका कारण परिचित छन्।

राष्ट्रपति जेलेन्स्कीले द्रापाती र अन्य सैन्य कमान्डरलाई कोर प्रणालीमा सुधार, हतियार तथा ड्रोनको आपूर्ति तीव्र बनाउने, रुसको आक्रमणविरुद्ध हवाई प्रतिरक्षा थप सुदृढ गर्ने तथा स्पष्ट परिचालन रणनीति तयार पार्ने निर्देशन दिएका छन्।

यसैबीच, निवर्तमान रक्षामन्त्रीसँग पनि राष्ट्रपति जेलेन्स्कीले छुट्टै छलफल गरेका थिए। ३५ वर्षीय प्रविधिमैत्री उद्यमी मिखाइलो फेडोरोभलाई युक्रेनको ड्रोन प्रविधिको तीव्र विकास गराएर युद्धक्षेत्रमा रणनीतिक लाभ दिलाएको श्रेय दिइन्छ।

फेडोरोभले पूर्व कमान्डर–इन–चिफ जनरल ओलेक्सान्डर सिरस्कीको कार्यशैलीको सार्वजनिक रूपमा आलोचना गर्दै उनले आवश्यक सैन्य सुधारमा अवरोध पुर्यााएको आरोप लगाएका थिए। सिरस्की सोभियत सङ्घकालमा सैन्य तालिम प्राप्त पुराना पुस्ताका कमान्डर छन्।

फेडोरोभलाई पुनः जिम्मेवारीमा फर्काउन र सिरस्कीलाई हटाउन माग गर्दै किएभसहित विभिन्न सहरमा प्रदर्शनसमेत भएका थिए। प्रदर्शनकारीले फेडोरोभलाई सैन्य आधुनिकीकरणका प्रमुख अभियन्ताका रूपमा हेरेका थिए।

राष्ट्रपति जेलेन्स्कीले फेडोरोभलाई सरकारभित्रै प्रविधि क्षेत्रको समन्वय गर्ने सम्मानजनक नयाँ जिम्मेवारी प्रस्ताव गरेका छन्। उनले उक्त प्रस्ताव स्वीकार गर्नुभएको छ वा छैन भन्ने विषयमा भने औपचारिक जानकारी सार्वजनिक भएको छैन।

फेडोरोभले द्रापातीको नियुक्तिलाई स्वागत गर्दै यसलाई स्वतन्त्रता र न्यायका लागि युक्रेनको सङ्घर्षमा नयाँ आशाको सुरुआत भएको प्रतिक्रिया दिएका छन्। साथै उनले सिरस्कीले किएभको रक्षा, खार्किभ प्रतिआक्रमणसहितका महत्त्वपूर्ण सैन्य अभियानमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै ती उपलब्धि युक्रेनको इतिहासको महत्त्वपूर्ण हिस्सा रहने उल्लेख गरेका छन्। तर अब युक्रेनले अझ तीव्र गतिमा अघि बढ्दै विगतका कमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

गत साता प्रधानमन्त्रीसहित सरकारका प्रमुख पदमा गरिएको फेरबदलपछि सुरु भएको राजनीतिक असन्तुष्टि सैन्य नेतृत्व परिवर्तनसँगै थप चर्चामा आएको छ। हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएपछि राष्ट्रपति जेलेन्स्कीले अन्ततः सैन्य नेतृत्वमा व्यापक पुनर्संरचना गर्ने निर्णय लिएका हुन्।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

अमेरिकाले व्यापार साझेदार असर गर्ने घोषणा

२० घण्टा अगाडि
युक्रेनका सेना प्रमुख  पदबाट बर्खास्ती

युक्रेनका सेना प्रमुख पदबाट बर्खास्ती

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थाल्याे

नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति

सरकारको विपद् पूर्वतयारी प्रशंसनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक