काठमाडौं । मोरङ, उर्लाबारी नगरपालिका-४ खोर्सानीबारी बस्ने ६५ वर्षीया पवित्रा बास्तोलाको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।
आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहट, फतुवा बिजयपुर नगरपालिका-१ बैरगिनिया टोल बस्ने ३२ वर्षीय जंगी लाल राय यादवको बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै खेतमा विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


