शुक्र, साउन ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाले व्यापार साझेदार असर गर्ने घोषणा

धारणा न्यूज by धारणा न्यूज
१९ घण्टा अगाडि
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्नुभएको अस्थायी १० प्रतिशत विश्वव्यापी आयात शुल्कको अवधि यसै साता समाप्त हुन लागेका बेला संयुक्त राज्य अमेरिकाले दर्जनौँ व्यापार साझेदार मुलुकलाई असर गर्ने नयाँ शुल्क घोषणा गर्ने तयारी गरेको छ। अमेरिकी प्रशासनले जबर्जस्ती श्रमविरुद्ध प्रभावकारी कदम नचालेको आरोप लगाउँदै करिब ६० व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने योजना अघि बढाएको हो।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्कसम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने सङ्केत गर्दै समयसीमा भने खुलाउनुभएन। उहाँका अनुसार जबर्जस्ती श्रमसँग सम्बन्धित विषयमा अमेरिकी व्यापार नीतिअनुसार थप कदम चालिनेछ।

सर्वोच्च अदालतले यस वर्ष ट्रम्प प्रशासनको शुल्क व्यवस्थाको एक भाग खारेज गरेपछि फेब्रुअरीदेखि लागू गरिएको १० प्रतिशत अस्थायी विश्वव्यापी आयात शुल्क शुक्रबारबाट समाप्त हुँदैछ। विश्लेषकहरूका अनुसार त्यसको स्थानमा १० देखि १२ दशमलव पाँच प्रतिशतसम्मको नयाँ शुल्क लागू हुन सक्छ।

नयाँ व्यवस्थाअन्तर्गत क्यानाडा, युरोपेली सङ्घ (इयु), मेक्सिको, ताइवान र बेलायतबाट हुने अमेरिकी आयातमा १० प्रतिशत शुल्क कायम रहने अनुमान गरिएको छ। चीन, भारत, जापानलगायत ४० भन्दा बढी प्रमुख अर्थतन्त्रबाट आयात हुने वस्तुमा १२ दशमलव पाँच प्रतिशतसम्म शुल्क लाग्न सक्ने बताइएको छ। युरोपेली सङ्घ (इयु) ले भने यस्तो शुल्कलाई अन्यायपूर्ण हुने बताउँदै असन्तुष्टि जनाइसकेको छ।

ट्रम्प प्रशासनले पछिल्ला दिनमा व्यापारिक दबाबलाई थप तीव्र बनाएको छ। गत साता ब्राजिलका केही वस्तुमा २५ प्रतिशत नयाँ शुल्क घोषणा गरिएको थियो भने क्यानाडाका धेरै उत्पादनमा ५० प्रतिशत कर ३० दिनपछि लागू हुने निर्णय सार्वजनिक गरिएको छ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सबै विकल्प खुला राखिएको बताउँदै सम्भावित व्यापार सम्झौताका लागि ट्रम्पसँग आगामी साता वार्ता तीव्र बनाउने सहमति भएको जानकारी दिएका छन्।

यसैबीच, राष्ट्रपति ट्रम्पले आयातित जेनेरिक औषधिमा क्षेत्रगत नयाँ शुल्क घोषणा गरेका छन्। उनका अनुसार सन् २०२८ अगस्टदेखि यस्ता औषधिमा १०० प्रतिशत शुल्क लाग्नेछ र यसलाई सन् २०२९ मा २०० प्रतिशतसम्म पुर्याेइने योजना छ। तर अमेरिकी उत्पादनलाई प्रोत्साहन दिन आगामी अगस्टदेखि केही समयका लागि ती औषधिमा शुल्क शून्यमा झारिने पनि उनले बताएका छन्।

अमेरिकी प्रशासनले जबर्जस्ती श्रमसम्बन्धी नयाँ व्यापारिक कारबाहीले अमेरिकी आयातको ठूलो हिस्सा समेट्ने र त्यसले विश्व व्यापारमा पुनः तनाव बढाउने जनाएको छ।

उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को समीक्षा भइरहेका बेला अमेरिका र मेक्सिकोबीचको वार्ता तीव्र बने पनि क्यानाडासँगको छलफल अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। व्यापार प्रतिनिधि ग्रियर यसै साता सम्झौतासम्बन्धी छलफलका लागि मेक्सिको जाने कार्यक्रम छ।

व्यापार कानूनका जानकारहरूले सन् १९३० को ट्यारिफ ऐनको धारा ३३८ प्रयोग गरी क्यानाडामाथि दबाब बढाउने अमेरिकी रणनीतिले दुई देशबीच थप तनाव उत्पन्न गर्न सक्ने बताएका छन्। उनीहरूका अनुसार यसले दुवै मुलुकबीच प्रतिशोधात्मक व्यापारिक कदमको चक्र सुरु हुने जोखिम बढाएको छ।

यता, ब्राजिलका वस्तुमाथि २५ प्रतिशत अमेरिकी शुल्क लागू गर्ने निर्णयले पनि नयाँ विवाद सिर्जना गरेको छ। ब्राजिलको आगामी राष्ट्रपतीय निर्वाचनअघि लागू हुन लागेको उक्त शुल्कबाट गाईको मासु, कफी र केही विमानका पुर्जाजस्ता सीमित वस्तु भने छुटमा रहनेछन्। तर ब्राजिलस्थित अमेरिकन चेम्बर अफ कमर्सले नयाँ व्यवस्थाले ब्राजिललाई अमेरिकी बजार पहुँचका हिसाबले सबैभन्दा बढी प्रतिबन्ध सामना गर्ने मुलुकमध्ये एक बनाउने र ११ अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात प्रभावित हुन सक्ने चेतावनी दिएको छ।

यो पनि पढ्नुहोस्

युक्रेनकाे सैन्य नेतृत्वमा व्यापक फेरबदल

युक्रेनकाे सैन्य नेतृत्वमा व्यापक फेरबदल

२० घण्टा अगाडि
युक्रेनका सेना प्रमुख  पदबाट बर्खास्ती

युक्रेनका सेना प्रमुख पदबाट बर्खास्ती

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थाल्याे

नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति

सरकारको विपद् पूर्वतयारी प्रशंसनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक