बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएका विभिन्न माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

हस्तकला व्यवसायी महासंघका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले क्षेत्रको संस्थागत विकास र नीतिगत सुधारका विषयमा आवश्यक पहल गर्ने आश्वासन दिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रसँग सम्बन्धित नीति निर्माण, परम्परागत कला तथा सीपको संरक्षण, रोजगारी सिर्जना र नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए।

महासंघका पदाधिकारीहरूले निजी-सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने, हस्तकला दिवसलाई राष्ट्रियस्तरमा मनाउनुपर्ने तथा हस्तकला क्षेत्रका लागि आवश्यक संरचना विकास गर्नुपर्ने माग राखेका थिए। प्रधानमन्त्री शाहले ती विषयमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

महासंघले हस्तकला दिवसलाई राष्ट्रिय कार्यक्रमका रूपमा अघि बढाउनुपर्ने माग राखेपछि प्रधानमन्त्री शाहले यस विषयमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन्।

यस्तै, हस्तकला सामग्री निर्यातमा बिजक मूल्यांकन प्रणाली लागू गरी राजस्व वृद्धि गर्नुपर्ने व्यवसायीहरूको सुझावअनुसार आवश्यक प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीले बताएका छन्। निर्यातकर्ताले पाउने पाँच प्रतिशत प्रोत्साहन रकम तीन वर्षदेखि रोकिएको विषयमा पनि पुनः निरन्तरता दिने आश्वासन उनले दिएका छन्।

हस्तकला विकासका लागि उद्योग विभागमा निर्माण गरिएको सार्क हस्तकला विकास केन्द्रको भवन अन्य कार्यालयले प्रयोग गरिरहेको भन्दै महासंघले उक्त भवन हस्तकला क्षेत्रकै प्रयोजनमा फिर्ता गर्न माग गरेको थियो। सो विषयमा समेत आवश्यक कदम चाल्ने प्रधानमन्त्री शाहले बताएका छन्।

छलफलमा उपत्यकामा हस्तकला ग्राम स्थापना, सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन तथा निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्ने विषयमा पनि प्रधानमन्त्री शाहले चासो देखाएका थिए।

परम्परागत हस्तकला सीपको संरक्षण र हस्तकलाकर्मीलाई परिचयपत्र उपलब्ध गराउनेलगायत माग महासंघका प्रतिनिधिहरूले प्रस्तुत गरेका थिए। छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागीता  जनाएका थिए ।

 

यो पनि पढ्नुहोस्

बीपी स्मृति दिवसका अवसरमा छुट्टै समारोह आयोजना

बीपी स्मृति दिवसका अवसरमा छुट्टै समारोह आयोजना

४ घण्टा अगाडि
अबको प्रशासनिक संरचना नतिजामुखी हुनुपर्नेमा जोड

बीपी स्मृति दिवसको दिन ‘ग्रिन रन’ प्रतिगिता हुने

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको मूल्य बढ्याे

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक