बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले वीवाइडी अटो १ ईभी कार जितेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले भाग्यशाली विजेता  अभिषेक कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गर्नुभएको हो।

कार हस्तान्तरण कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशबाट पैसा पठाउँदा स्वदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै नभएर यसले नेपालमा बस्ने हरेक परिवारमा खुसीको दिगो प्रभाव छाडेको बताउनुभयो।

उहाँले विदेशमा काम गर्ने व्यक्तिले देखेको सपना पूरा गर्न आइएमई र टिक्मोका यस्ता योजनाहरू केवल सेवा प्रदान गर्नमा मात्रै सीमित नभई परिश्रम गर्ने हरेक युवाहरूको सपना साकार पार्न पनि उत्तिकै प्रभावकारी भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्व श्रम बजारमा हरेक क्षेत्रमा रहेका युवाहरूको सपनालाई साकार पार्न आइएमई सदैव अग्रसर रहेको बताउनुभयो। विदेशमा रहेर काम गर्दै गर्दा उनीहरूको विश्वास र भरोसालाई सेवाका रूपमा उनीहरूका परिवारसम्म पुर्‍याउन आइएमईले अतुलनीय  भूमिका निभाएको समेत बताउनुभयो।

आइएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको साउदीबाट टिक्मो मार्फत आइएमई गरौँ, उपहार जितौँ  योजना २०८२ पुस २१ देखि २०८३  असार १६ गते सम्म सफलतापूर्वक सञ्चालन भएको थियो। यस योजनाको मुख्य उद्देश्य साउदी अरेबियामा रहेका नेपाली युवाहरूलाई टिक्मो मार्फत नेपालमा सुरक्षित, छिटो र भरपर्दो रूपमा डिजिटल रेमिटेन्स पठाउन प्रोत्साहित गर्नुका साथै सेवाग्राहीहरूलाई आकर्षक पुरस्कार प्रदान गर्नु रहेको थियो।

यस अभियानअन्तर्गत ५ जनवरीदेखि ३१ मार्च २०२६ सम्मको अवधिमा १२ जना भाग्यशाली सेवाग्राहीले आइफोन १७ तथा २ जनाले इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरेका थिए।

त्यसैगरी, ५ अप्रिलदेखि ३० जुन २०२६ सम्म सञ्चालन गरिएको दोस्रो चरणमा हरेक हप्ता ५ जना सेवाग्राहीले रु. १०,००० नगद पुरस्कार प्राप्त गरेका थिए। साथै, बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले वीवाइडी अटो १ गाडी जित्न सफल हुनुभएको हो।

 

आइएमई र टिक्मोको सहकार्यमा नयाँ योजना सार्वजनिक

आइएमई र टिक्मोको सहकार्यलाई अझ सुदृढ बनाउँदै आजैदेखि अर्को आकर्षक नयाँ योजना पनि सार्वजनिक भएको छ। जसमा १७ साउन २०८३ देखि १४ कात्तिक २०८३ सम्म साउदी अरेबियाबाट टिक्मो मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरूमध्ये हरेक हप्ता २ जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको २ गुणासम्म पुरस्कार प्राप्त गर्न सक्नेछन्।

हरेक महिना २ जना विजेताले आफूले पठाएको रकमको ३ गुणासम्म पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् भने बम्पर योजनाअन्तर्गत २ जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको ५ गुणासम्म पुरस्कार प्राप्त गर्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन्। यो नयाँ अभियानले साउदी अरेबियामा रहेका हरेक नेपाली समुदायलाई अझ बढी सुरक्षित र औपचारिक माध्यमबाट डिजिटल रेमिटेन्स पठाउन प्रेरित गर्नेछ, साथै आइएमई र टिक्मोबीचको सफल सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुग्ने आइएमईको विश्वास रहेको छ।

 

 

यो पनि पढ्नुहोस्

डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२ प्रदान

डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२ प्रदान

५४ मिनेट अगाडि
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्रि?

सुनको मूल्य बढ्याे

५६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको मूल्य बढ्याे

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

युक्रेनका सेना प्रमुख पदबाट बर्खास्ती

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक